काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा प्रमाण दिएको छ । सर्वोच्चले जुनसुकै जिल्लामा रहेका उजुरीसहित सीआईबीको प्रतिवेदनको प्रमाणित कपी झिकाउने आदेश दिएको हो
न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले लामिछानेविरुद्धको रिटमा यसतो आदेश गरेको हो ।
लामिछानेको सचिवालयले समाचार आएका आधारमा खण्डन गर्दै पठाएको पत्रसमेत झिकाउन सर्वोच्चले आदेश दिएको रिट निवेदक अधिवक्ता अनुपम भट्टराईले जानकरी दिए ।
रिटमा अन्तरिम आदेश जारी गर्ने कि नगर्ने विषयमा बहस भइरहँदा सरकारी पक्षले भने रिट नै खारेज हुनुपर्ने जिकिर पेस गरेका थिए ।
रिटमाथि सुनुवाइ चलिरहेको समयमा सहकारी ठगीका पीडित पनि सर्वोच्च अदालतमा पुगेका थिए।जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका पीडितहरूले सर्वोच्च अदालत पुगेर आफूहरुलाई पनि कुरा राख्ने समय दिन माग गरेका थिए।
सर्वोच्च पुगेका उनीहरू बहस सुरु भएपछि इजलासमा जाने भनी बाहिर कुरेर बसेका थिए । सुरुमा प्रहरीले बहस सुरु भएपछि प्रवेश दिने भन्दै रोकेको थियो । तर प्रहरीले बहस सुरु भएपछि उनीहरूलाई प्रवेश दिएन ।