विमान दुर्घटना : पाँच जनाको शव परिवारको जिम्मा, बाकीले गरे शव बुझ्न अस्वीकार



काठमाडौं । त्रिवि शिक्षण अस्पतालले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव आफन्तहरुलाई जिम्मा लगाएको छ ।

शुक्रबार अस्पतालले, आफन्तहरुको असन्तुष्टिकै बीच शव जिम्मा लगाएको हो । अहिलेसम्म को–पाइलट सुशान्त कटुवाल, इन्जिनियर उद्धव पुरी, अश्विन निरौलाको शव आफन्तले बुझेको अस्पतालले जनाएको छ ।

बाँकी केही आफन्तले भने बीमा रकम सुनिश्चितता लगायतको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन् ।
सबैको पोस्टमार्टम आज अपराह्न सम्पन्न भएको हो ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ७ : १९ बजे