काठमाडौँ । सर्वोच्च अदालतमा न्यायाधीश पद रिक्त हुनुभन्दा एक महिना अघि नै नियुक्तिका लागि सिफारिस गर्न सर्वोच्चले परमादेश जारी गरेको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र विनोद शर्माको संयुक्त इजलासले मंगलबार एक रिटमा फैसला सुनाउँदै न्याय परिषद्, प्रधान न्यायाधीश (न्याय परिषदको अध्यक्ष)र संवैधानिक परिषदसहितका विपक्षीको नाममा यस्तो रमादेश जारी गरेको हो ।
‘रिक्त हुने कुरा नियुक्ति गर्ने निकाय (न्याय परिषद् र संवैधानिक परिषद्) लाइ अवगत नै हुने भएकाले एक महिना अघि वा कानुनले तोकेको अवधिमै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था कार्यान्वयन गर्नू गराउनू’ सर्वोच्चको परमादेशमा भनिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशको हकमा पद रिक्त हुनु एक महिनाअघि सिफारिस गर्न र उच्च तथा जिल्ला अदालतको हकमा कानुनले तोकेको अवधिभित्रै नियुक्त गर्न परमादेश जारी भएको हो