सहकारी ठगीको छानबिन प्रतिवेदन समितिबाट सर्वसम्मत पारित,प्रतिनिधि सभामा पेश हुँदै



काठमाडौं । सहकारी ठगी छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनमा हस्ताक्षर भएको छ । । सहकारी छानबिन संसदीय विशेष समितिले आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिएसागै प्रतिवेदनमा हस्ताक्षर भएको हो । प्रतिवेदन सोमबार नै संसदमा पेश गरिदै छ ।

समिति सदस्य रास्वपा सांसद शिशिर खनालले सहकारी अपचलनमा रविको नाम लेख्न नहुने अडान लिएपनि अन्ततः सातै सदस्यले हस्ताक्षर गरेका छन्।समितिले बुझाएको प्रतिवेदन संसदले पारित गरेपछि कार्यान्वयनका लागि सभामुखले सरकारलाई रुलिङ गर्नेछन्।

लामो छानबिनका क्रममा समितिले ४० वटा सहकारीबाट ८७ अर्ब अपचलन भएको ठहर गर्दै प्रतिवेदन तयार गरेको छ भने सहकारी ठगीसँग सम्बन्धित विषयमा सरकारलाई सुझाव र कारबाही सिफारिस गरिएको छ ।

सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न संसद्ले जेठ १५ गते छानबिन समिति गठन गरेको थियो । समितिको तीनमहिनाको समयअवधि भदौ २३ गते सकिए पनि सो समयमा प्रतिवेदन तयार हुन नसकेपछि प्रतिनिधिसभाले १५ दिनको म्याद थप गरेको थियो । थप गरेको अन्तिम समयअगावै समितिले अन्तिम प्रतिवेदन तयार गरेको हो ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  २ : ४५ बजे