काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै बाढीबाट २३ जनाको मृत्यु,३ बेपत्ता



काठमाडौं । शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र २३ जनाको मृत्यु भएको छ ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार, बाढीमा परेर काठमाडौं, ललितपुर र भक्तपुरमा गरेर २३ जनाको मृत्यु भएको हो ।

बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको छ।बाढीपहिरोबाट काठमाडौँमा चार घर भत्किएका छन्। २२६ घर डुबानमा परेका छन्।

ललितपुर र भक्तपुरका थुप्रै घरमा पानी पसेको छ।

घिमिरेका अनुसार, तीन जिल्लामा गरेर ३ जना बेपत्ता छन् । ललितपुरमा हेलिकोप्टरबाट उद्दार भैइरहेको घिमिरेले बताए । तीनवटै सुरक्षा निकायका सेना,प्रहरी र सशस्त्रको टोली उद्दारमा खटिएको छ । साथै काठमाडौं महानगरपालिकाले समेत १७ वटा टोली उद्दारमा खटाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १ : ५३ बजे