वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरमा रहेको गंगामाला देउती बज्यै मन्दिरमा एक महिला मृत फेला परेकी छन् ।
मृत फेला पर्नेमा सोही मन्दिरका पुजारी वीरेन्द्रनगर नगरपालिका( ११ बस्ने रुद्रबहादुर राजीकी श्रीमती अन्दाजी वर्ष ५१ की सरस्वती राजी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
उनी मन्दिरको मुल ढोकाको भित्रपट्टी रहेको फलामको हत्कडीमा झुण्डिएकोमा अवस्थामा आज ९बुधबार० बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । ‘म बिहान साढे ५ बजेदेखि घटनास्थलमै छु । हामीलाई घटनाको जानकारी बिहान ५ बजेतिर आएको थियो । घटनाको प्रकृति हेर्दा कुनै शंकास्पद देखिएको छैन । तर, मादक पदार्थ सेवन बढी नै गरे जस्तो देखिएको छ।,’ उपरीक्षक खड्काले भने, ‘बाँकी अनुसन्धान हुँदैछ। अनुसन्धानबाट घटनाको बारेमा थप जानकारी आउँला ।’
उनकाअनुसार प्रहरीले शव पोष्टमार्टमका लागि प्रदेश अस्पतालको शव गृहमा पठाउने तयारी गरेको छ ।
प्रहरी उपरीक्षक खड्काका अनुसार सरस्वती मन्दिरको पुजारीसमेत रहेको खुलेको छ ।
पुजारी नै मृत अवस्थामा भेटिएपछि आज बिहानैदेखि देउती बज्यै मन्दिर दर्शनको कार्य अस्थायी रूपमा रोकिएको छ ।