काठमाडौ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारको निर्देशनलाई मान्दै लाइन काटिएका उद्योगहरुमा बिजुली जोड्ने प्रक्रिया अगाडि बढेको बताएका छन् ।
आज पत्रकार सम्मेलन गर्दै उनले २४ घण्टाभित्र लाइन काटिएका उद्योगहरुमा लाइन जोड्नु भन्ने सरकारको निर्देशन प्राप्त भएकाले सोहीअनुसार अगाडि बढिएको बताए ।
उनले भने, १५ दिनभित्र हामीले गरेको बिलअनुसारको रकम नबुझाए हामी आफ्नो प्रक्रियामा फेरि पनि लाग्नेछौं ।१५ दिनभित्र बक्यौता रकम उठेन भने नेपाल सरकार, उर्जा तथा जलस्रोत मन्त्रालय बक्यौता रकम उठाउनेतिर अगाडि बढ्छ भन्ने मलाई पूर्णरुपमा विश्वास छ,’
योभन्दा अगाडि पनि प्राधिकरणले २८ किस्ता सुविधा दिएर एक किस्तामात्रै जम्मा गर्दा पनि लाईन जोड्दै आएको पनि उनले बताए ।१४ वटा उद्योगमा सुरुको १ किस्ता बुझाएको आधारमा नै लाइन जोडिएको उनले बताए ।