रामेछाप दुर्घटना अपडेट : गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्षको मृत्यु



काठमाडौँ । रामेछापमा सडक दुर्घटनामा परी गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको छ।

शुक्रबार काठमाडौँबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको सुमो दुर्घटनामा परी बस्नेतसहित ५ जनाको मृत्यु भएको हो।

७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोमा सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो।

प्रहरीका अनुसार गाडीमा ८ जना सवार थिए। अन्य तीन जनाको घाइते भए। उनीहरू उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ।

वडाध्यक्ष बस्नेत गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ३ : ३९ बजे