माघे संक्रान्तिको पूर्वसन्ध्यामा असनमा चाकु र तरुल किन्नेहरुको भिड (तस्बिरहरु)



काठमाडौं । माघे संक्रान्तिको पूर्वसन्ध्यामा असन बजारमा चाकु र तरुल किन्नेहरुको घुँइचो लागेको छ ।

माघे सक्रान्तिमा तरुल, सखरखण्ड, पिंडालु जस्ता कन्दमुलको विशेष महत्व छ ।माघे संक्रान्तिको दिन चाकु, सख्खरबाट बनाइने परिकारहरु हाम्रो शरीरले मौसमअनुकुल माग गर्ने खाद्य पदार्थ हुन् ।

माघे संक्रान्तिलाई विशेष दिन बनाएर यी खाद्य पदार्थको महत्व दर्शाएको हो ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ३ : ५० बजे