काठमाडौं । काठमाडौंको गौशालामा बस अनियन्त्रित हुँदा एकै पटक ८ वटा सवारीसाधन दुर्घटनामा परेका छन् ।
गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बस अनिन्त्रित हुँदा दुर्घटना भएको बताइएको छ ।
उक्त दुर्घटनामा तीन जना घाइते भएका छन्। दुर्घटनामा जिल्ला धादिङ ज्वालामुखी गाँउपालिका–१ का राजकुमार श्रेष्ठ, नुवाकोट टाडी गाँउपालिका–२ का विकास कट्टेल र खोटाङको हलेसीका शैलेन्द्र राई घाइते भएका छन् ।
घाइतेहरूको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ ।