सिंहदरबारमा विपक्षी दलको बैठक सुरु



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलले बोलाएको विपक्षी दलको बैठक सुरु भएको छ ।

मंगलबार सिंहदरबारस्थित कांग्रेसको संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक सुरु भएको हो ।

बैठकमा कांग्रेसका तर्फबाट प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङदेम्बे, प्रमुख सचेतक वासना थापा, सचेतक निश्कल राई, नेकपा एमालेका तर्फबाट संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, दलको उपनेता पद्मा अर्याल र प्रमुख सचेतक ऐन महर, नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट खुश्बु ओलीसहितका नेता सहभागी छन् ।

प्रकाशित मिति : जेष्ठ २६, २०८३ मंगलबार  ४ : ३४ बजे