भाडा बढाउन माग गर्दै यातायात व्यवसायीले थाले आन्दोलन

भाडा समायोजनको माग राख्दै यातायात व्यवसायीहरू सोमबार सार्वजनिक यातायात सडकमा तेर्साएर आन्दोलनमै उत्रेका छन् । बढेको भाडादर कायम नभएको भन्दै यातायात व्यवसायीहरूले सडकमा गाडी तेर्साएर आन्दोलन गरेका हुन् । सार्वजनिक यातायात केन्द्रीय महासंघको आह्वानमा काठमाडौं उपत्यकाभित्र र छोटो दूरीमा चल्ने सवारीको सेवा बन्द गर्दै व्यवसायीहरूले आन्दोलन शुरु गरेका हुन ।उपत्यकाका विभिन्न स्थानमा ‘अब हामी यातायात…