आज पनि बढेन नेप्से



काठमाडौं चैत, ५–
नेप्से पुुन नकारात्मक दिशामा गएको छ ।  सोमबार नेप्से आठ दशमलव ४४ अंकले घटेर १२ सय ७० दशमलव ५२ अंकमा पुुगेको छ भने सेन्सिटिभ एक दशमलव ७९ अंंकले घटेर दुुई सय ७० दशमलव ६८ अंकमा पुुगेको छ । एक सय ५२ कम्पनीहरुको तीन हजार पाँच सय ४२ वटा कारोबारमा सात लाख ७१ हजार नौ सय ९४ कित्ता सेयर खरिद बिक्री भएका छन् भने कारोबार रकम २६ करोड ६२ लाख ७३ हजार एक सय २० रुपैयाँ पुुगेको छ ।
१० वटा समुहको कारोबार भएकोमा तीन वटा समुहको सुचक बढेर बाँकीको सुचक घटेको छ । वाणिज्य बैंक समुहको सुचक आठ दशमलव ८५ अंकले घटेर ११ सय २७ दशमलव ७५ अंकमा पुुगेको छ भने १० करोड ६८ लाख २९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । होटल समुहको सुचक ३२ दशमलव २८ अंकले घटेर १८ सय १७ दशमलव २१ अंकमा पुुगेको छ भने ३० लाख ८६ हजार नौ सय ६० रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक आठ दशमलव ७९ अंकले घटेर १४ सय ८६ दशमलव ३४ अंकमा पुुगेको छ भने एक करोड ७७ लाख ६१ हजार छ सय रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युुत समुहको सुचक पनि आज २२ दशमलव १८ अंकले घटेर १५ सय ११ दशमलव ३८ अंकमा पुुगेको छ भने एक करोड ९१ लाख ४७ हजार नौ सय रुपैयाँको सेयर किनबेच भएको छ ।
फाईनान्स, बीमा र लघुबित्त समुहको सुचक पनि आज घटेका छन् । ट्रेडिङ, उत्पादनमुुलक र अन्य समुहको सुचक भने सामान्य अंकले बढेका छन् । आज कमाउने तथा गुुमाउने कम्पनीहरु यस्ता रहेका छन् ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस    कम्पनीको नाम         आजको कारोबार भएको मुल्य         आजको बढेको मुल्य
१    स्वदेशी लघुबित्त संस्था        ४८८                ५.८६
२    सानिमा ईक्टिी फण्ड        १०.२०                ५.०५
३    नागरिक लगानी कोष        २९९८                ३.३८
४    कञ्चन डेभलपमेन्ट बैंक     २०२                ३.०६
५    एनआईबिएल प्रगति फण्ड    ९.४०                २.७३
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस    कम्पनीको नाम         आजको कारोबार भएको मुल्य         आजको घटेको मुल्य
१    अपी पावर कम्पनी        २७६                ९.८०
२    कावेली बिकास बैंक        २४५                ५.६६
३    युनाईटेड इन्स्योरेन्स कम्पनी    ८४९                ५.१३
४    आखुुखोला हाईड्रो पावर कम्पनी    २४५            ५.०३
५    तारागाउँ रेजिडेन्सी होटल        २६५            ३.६३

प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार  ११ : १२ बजे