फ्रेन्ड्स क्लबका रोनेल एन्थोनी पाउलको आत्मघाति गोल उपहारमा मच्छिन्द्रले सहिद स्मारक ए डिभिजन लिगमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगलशालामा सम्पन्न पहिलो खेलमा मच्छिन्द्रले फ्रेन्ड्सलाई १–० ले हराएको हो । ६७औँ मिनेटमा फ्रेन्ड्सका एन्थोनी पाउलले क्लियर गर्न खोजेको हेडरले पोस्टको दिशा लिँदा मच्छिन्द्रले अग्रता लिएको थियो । आठ खेल खेलेको…