काठमाडौं, साउन १ । साउने संक्रान्तिको अवसरमा आज बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। शुक्रबार साउन महिनाको पहिलो दिन भगवान शिवको पूजा–आराधना गर्न र मन्दिर दर्शनका लागि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानबाट श्रद्धालुहरू पशुपतिनाथ पुगेका छन्। साउन महिना भगवान शिवको प्रिय महिना मानिने भएकाले मन्दिरमा भक्तजनको चाप बढेको हो। श्रद्धालुहरूको…