गणेश लामालाई रीहाइ गर्न सरकार सँग विजयकुमार गच्छदारको माग



केही दिन पहिले पक्राउ परेका कांग्रेस नेता समेत रहेका  गणेश लामालाई प्रहरीले नियोजित रुपमा फसाउन खोजेको कांग्रेस नेताहरुले आरोप लगाएका छन् । करिब एक हप्ता पहिले काठमाडौंको गौशालाबाट प्रहरीले लामालाई पेस्तोल बोकेको आरोप लगाउदै नियन्त्रणमा लिएको थियो । हाल उनलाई अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । नेपाली कांग्रेसले काभ्रेले काभ्रेमा आयोजना गरेको कार्यक्रममा कांग्रेस नेता विजयकुमार गच्छदारले गणेश लामालाई प्रहरीले सुनियोजित रुपमा फसाउन खोजिरहेको बताए । ७ वर्षदेखि नराम्रा गतिविधि छाडेर सामाजिक र राजनीतिमा सक्रिय लामालाई प्रहरीले जबरजस्ती डन र अपराधी बनाइरहेको नेता गच्छदारको आरोप छ । गच्छदारले  सरकार सँग गणेश लामाको तत्काल बीनासर्त रीहाइको माग समेत गरे

उनले लामा अहिले कुनै नराम्रो गतिविधिमा नभएको प्रष्ट पारे । ‘सरकार र प्रहरी प्रशासनलाई गच्छदारले प्रश्न गरे, कोही सुध्रन नपाउने ? जबरजस्ती अपराधी, डन, यसो उसो बनाउने काम किन भइरहेको छ ?’ उनले थपे, ‘आफै गोली भिराउने अनि नाटक गर्ने ?’ राज्यबाट जनताको अधिकार खोस्ने काम बन्द गर्नुपर्ने समेत गच्छदारले माग गरे । लामाले ७ वर्ष अगाडि गुण्डागर्दी छाडेर फोरम लोकतान्त्रिकबाट राजनीति र सामाजिक काम गर्न थालेको नेता गच्छदारको भनाई छ । काभ्रेमा नेपाली कांग्रेसले उनको रिहाइको माग गर्दै विरोध प्रदर्शन समेत गरिरहेको छ

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहिबार  १० : ३७ बजे