मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलीको बीदेश भ्रमण भारत बाटै शुरु हुने



चैत चौथो साता प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण हुनसक्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीको  भारत भ्रमणको तयारी भइरहेको प्रधानमन्त्री निकट स्रोतको भनाई छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भ्रमण मिति तय गर्ने तयारी भैरहेको जनाएको छ ।

एमाले अध्यक्ष ओली प्रधानमन्त्री भए लगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशमन्त्री सुष्मा स्वराजलाई विशेष दूतका रुपमा नेपाल पठाएका थिए । त्यसअघि ओली र मोदीबीच दुई पटक टेलिफोन वार्ता समेत भएको थियो ।
पहिलो प्रधानमन्त्रीत्व कालमा प्रधानमन्त्री  केपी शर्मा ओलीको  भारतसँग सम्बन्ध चिसिएको चर्चा थीयो ।तत्कालीन भारतीय नाकाबन्दि र तेस्को असर स्वरुप नेपाली जनतामा फैलीएको भारत बीरोधी भाबनाले प्रधान्मन्त्री ओली लाइ रास्ट्रबादि नेताको रुपमा हेरीएको थीयो । नेपाली प्रधान्मन्त्रीले पहीलो बीदेश भ्रमण भारत बाट शुरु गर्ने परम्परालाइ तोडदै प्रधान्मन्त्री ओलीले पहीलो बीदेश भ्रमण चीन बाट शुरु गर्छन भन्ने धेरैको अनुमान थीयो तर त्यो अनुमानलाइ गलत साबीत गर्दै प्रधान्मन्त्री ओलीले पहीलो बीदेश भ्रमण भारत बाट शुरु गर्ने भएका छन ।

प्रधान्मन्त्री ओलीले चुनाब अघाडी भारत बीरुद्द चर्का कुरा गर्ने र भारत भ्रमणमा जाने अन्य नेता हरुलाइ लम्पसारबादि भन्ने गरेका थएि । प्रधान्मन्त्री ओली को भारत बीरोधि अडान तत्कालिन चुनाब जित्ने रणनीती मात्र हो या होइन भन्ने, प्रधान्मन्त्री ओली को भारत भ्रमण पछि मात्र थाहा हुने जानकार हरु बताउछन ।

प्रकाशित मिति : ९ चैत्र २०७४, शुक्रबार  ५ : ४३ बजे