नेपाल मात्सुसीमा क्योकुसीन कराँते एसोसीएसनले काठमाडौमा एक कार्यक्रमको आयोजना गरी डान ग्रेडिङ परिक्षामा उतिर्ण भएका बिधार्थीहरुलाइ प्रथम डानको उपाधि प्रदान गरेको छ ।जापानस्थित आइ के ओ मात्सुसीमा प्रधान कार्यलयका नेपाल प्रतिनीधि समेत रहनुभएका नेपाल मात्सुसीमा क्योकुसीन कराँते एसोसीएसनका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी नेपालि कांग्रेसका नेता तथा नेपाल उधोग बाणीज्य माहासंघ का केन्द्रीय सदस्य प्रकाश सींह कार्कीले उतिर्ण बिधार्थीहरुलाइ उपाधि प्रदान गर्दै नेपालमा क्योकुसीन कराँतेको बिकासमा एसोसीएसनका अध्यक्ष राजु गुरुङको महत्वपुर्ण योगदान रहेको बताउनुभयो ।नेपाल मात्सुसीमा क्योकुसीन कराँते एसोसीएसनका सल्लाहकार समेत रहनुभएका कार्कीले नेपालि खेलकुदको भबीस्य राम्रो रहेको बताउदै खेलकुदका लागि पर्याप्त बजेट र उचीत पुर्बाधारको निर्माणमा सरकारले ध्यान दीनुपर्ने बताउनुभयो
चैत्र ११, २०७४ आईतबार
प्रकाशित मिति : चैत्र ११, २०७४ आईतबार ११ : ४८ बजे








