मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नायिका साम्राज्ञी र नाजिर नजिकीदै



चैत २३ देखि प्रदर्शन हुने चलचित्र ‘तिमी सँग’ बाट नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह र नायक नाजिर हुसेन पहिलो पटक एकसाथ पर्दामा देखिने भएका छन् । फिल्म ‘तिमी सँग’को मुख्य कलाकारमा साम्राज्ञीराज्य, आकाश श्रेष्ठ र नाजिर छन् ।

साम्राज्ञीराज्य र नाजिरको जोडी मिडियाहरूमा धेरै आए पनि आकाशको कमै मात्रमा देखिन्छ । अन्तरवार्ताहरू पनि साम्राज्ञी र नाजिर प्राय सधैँ देखिए पनि आकाश भने खासै देखिन्दैन ।

पहिलो पटक पर्दामा एकसाथ प्रस्तुत भएका साम्राज्ञीराज्य र नाजिर धेरै नजिएका छन् । उनीहरूले अन्तरवार्ताहरू पनि हामी एकदमै मिल्ने साथी हौ भनेर बताउँदै आइरहेका छन् । । ‘हामी एक अर्काको धेरै नै चासो राख्छौँ’, साम्राज्ञी भन्छिन्, ‘केही भयो भने उसले मलाई फोन गर्छ । मलाई केही अप्ठ्यारो भयो भने म उसलाई फोन गर्छु ।’

‘ठ्याक्कै यही भन्ने त छैन,उसको सबै कुरा राम्रो नै छ । उसले आफूलाई अपडेट गराउँदै लगिरहेको छ’, नाजिर भन्छन्, ‘मैंले त्यो गर् त्यो नगर भन्न मिल्दैन ।’ साम्राज्ञी चाहिँ नाजिरको अभिनयको खुलेर तारिफ गर्छिन् । ‘एक्टिङको लागि म त उसको अगाडी केही पनि होइन’, साम्राज्ञी भन्छिन् , ‘अभिनय राम्रो छ ,आफूलाई अलिक गुड लुकिङ बनाऊ भनेको थिएँ । नभन्दै उसले बनायो पनि ।’ साम्राज्ञीकै सल्लाहामा नाजिरले जिम ज्वइन गरे र ज्यान पनि बनाए ।

प्रकाशित मिति : ११ चैत्र २०७४, आइतबार  १२ : ३२ बजे