मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यूरोपियन युनियनको प्रतिवेदन प्रती नेपाली काँँग्रेसको आपत्ति



नेपाली काँँग्रेस पार्टी कार्यालय सानेपामा शुक्रबारदेखि शुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा आज बोल्ने अधीकांश केन्द्रीय सदस्यहरुले यूरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनको प्रतिवेदनप्रति आपत्ति जनाएका छन् ।निर्वाचन पर्यवेक्षण मिसनको प्रतिवेदनले नेपालको सार्वभौमिकतामाथि नै प्रहार हुनेगरी निर्वाचन सम्बन्धि प्रतिवेदन सार्वजनिक गरेकोले सो प्रतिवेदन नेपाली काँँग्रेसलाइ मान्य नहुने धारणा अधीकांश केन्द्रीय सदस्यहरुले बैठकमा राखेका छन ।
बैठकबाट बाहिरीने क्रममा पत्रकारहरु सँग काँग्रेस प्रबत्ता बिस्व प्रकाश शर्माले यूरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनलाइ कार्यक्षेत्र भन्दा बाहिर गएर नेपालको संविधानमाथि नै टिप्पणी गर्ने अधिकार नरहेको र केन्द्रीय कार्यसमितिको बैठकले यस सम्बन्धी केन्द्रीय कार्यसमितिको माइन्युटमा संस्थागत निर्णय गर्ने समेत बताए, नेपाली काँँग्रेस केन्द्रीय कार्यसमितिको बैठक गत शुक्रबारदेखि सानेपामा जारि छ

प्रकाशित मिति : १२ चैत्र २०७४, सोमबार  २ : ५९ बजे