मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रियंका कार्कीलाई गर्मी लागेपछि…



धेरै नायिकालाई जाडो महिना मन पर्दैन । जाडोमा बाक्लो कपडा लगाएर हिड्नु पर्ने वाध्यता हुन्छ । हुनत, माघ महिनाको जाडोमा पनि नायिका प्रियंका कार्कीले पारदर्शी पहिरन लगाएर कार्यक्रममा पुगेको मिडिया र दर्शकले विर्सिएका छैनन् ।

नायिका प्रियंका कार्कीलाई जाडो महिनाले तनाव दिएको हुनसक्छ । यसैले, उनी काठमाण्डौको चिसो विस्तारै घट्दै गर्दा गर्मीलाई स्वागत गर्न तयार भएकी छिन् । उनले आफ्नो इन्स्ट्राग्राममा शेयर गरेको एक तस्बिरले यस्तै संकेत गर्छ । उनले ‘समरका लागि तयार’ भन्दै एक बोल्ड फोटो पोष्ट गरेकी छिन् ।

नायिका कार्की बोल्ड पहिरन लगाउन माहिर मानिन्छिन् । उनको धेरैजसो चर्चा त यस्तै पहिरनका कारण पनि हुनेगर्छ । सायद, गर्मी विस्तारै चढ्दै गर्दा प्रियंका बोल्ड पहिरन लगाउन पाउने चाहामा उत्साहित देखिएकी छिन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार  ४ : १५ बजे