मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोडल बनाइदिन्छु भन्दै १३ वर्षीय बालिकालाई बलात्कार, फोटोग्राफर पक्राउ



मोडल बनाइदिन्छु भन्दै १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जना फोटोग्राफर पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको खैरहनी–१३ घर भइ काठमाडौंको नयाँ बानेश्वर बस्दै आएका २० वर्षीय अमन तामाङ छन् ।

उनले कक्षा ८ मा अध्ययरत् १३ वर्षीय बालिकालाई फेसबुकमा साथी बनाएर मोडल बनाइदिन्छु भन्दै जबरजस्तीकरणी गरेको पीडितले उजुरी दिएकी छन् । तामाङले बालिकालाई फकाएर नयाँ बसपार्कस्थित एक गेष्ट हाउसमा लगेर बलात्कार गरेको प्रहरीलाई दिइएको जाहेरीमा उल्लेख छ ।

दोस्रो पटक जबरजस्तीकरणी गर्न खोज्दा बालिकाले असहमति जनाएपछि आफूले नग्न तस्वीर र भिडियो खिचेको भन्दै उनले धम्क्याएका थिए । आफूले भनेको नमाने त्यसलाई भाइरल बनाउने बताउँदै उनले पुनः बलात्कार गरे । र, फरार भए ।

लगत्तै, पीडितले महानगरीय प्रहरी वृत, गौशालामा जाहेरी दिएकी थिइन् । र, १८ फागुनमा तामाङलाई गौशाला प्रहरीले बबरमहलबाट पक्राउ गर्‍यो ।

अहिले जिल्ला अदालत काठमाडौंबाट जबरजस्तीकरणी मुद्दामा म्याद थप गरेर उनीमाथि विस्तृत अनुसन्धान भइरहेको डिएसपी अनुपम श्रेष्ठले बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार  ४ : ३४ बजे