बलात्कार पछि जन्मिएको बच्चा, आँचल शर्माले गरिन् आर्थिक सहयोग हस्तान्तरण



काठमाडौं – मोडलिङबाट चलचित्र क्षेत्रमा आउने कलाकार हुन्— आँचल शर्मा । मिस प्लस टु शीर्षकको सौन्दर्य प्रतियोगितामा विजेता भएपछि चलचित्र क्षेत्रमा पाइला राखेकी हन । यिनै आंचल छोटो समयमै अहिले नेपालमा चलचित्र क्षेत्रमा निकै नै चर्चित बनिसकेकी छन् ।

केहि दिन अघि बलात्कार पछि जन्मेको बच्चालाई सहयोग गरेको खबर अहिले सामाजिक संजालमा देख्न सकिन्छ । बलत्कार पछी ७ महिनाको गर्भवती अवस्थामा रहेकी उनलाई नेपाल श्नेही काखले सडकबाट उठाएर ल्याएर आश्रय दिएको थियो। हाल उनि १४ औ दिनकी सुत्केरी रहेकी छिन्। मानसिक अवस्था ठिक नभएकी उनि न आफुलाई चिन्छिन् न आफ्नो बच्चालाई नै।

उनको बारेमा पढेपछी हङकङ बाट प्राप्त आर्थिक सहयोग हस्तान्तरण गर्दै अभिनेत्री आँचल शर्माले यसो भनिन् हेर्नुहोस भिडियोमा

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार  ४ : ५४ बजे