नेता खुम बहादुर खडकाको शोक मनाउने कांग्रेसको निर्णय



काठमाडौं चैत, १८–
पूर्वमन्त्री तथा नेता खुमबहादुर खड्काको निधनको शोकमा नेपाली कांग्रेसले  पाँच दिन पार्टीको कुनै पनि  औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । कांग्रेस नेता  खड्काको शुक्रबार निधन भएको थियो ।

आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको  बैठकले खड्काको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति भएको ठहर  समेत गरेको छ । बैठकले खड्काप्रति उच्च सम्मान प्रकट गर्दै ५ दिन अर्थात २२ गतेसम्म कार्यालय बन्द गर्ने र औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।

त्यस्तै, ७ दिनसम्म पार्टीको आधा झण्डा झुकाउने र १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय समेत बैठकले गरेको छ । कांग्रेसले  १३ औं दिनमा केन्द्र र सबै जिल्लामा शोकसभा आयोजना गर्ने समेत बताएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७४, आइतबार  ९ : ५३ बजे