मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पार्टी एकता छिटै हुनसक्छ – प्रधानमन्त्री केपी शर्मा ओली



काठमाडौ चैत, १९–
पार्टी एकताकाबारेमा विभिन्न समाचारहरु सार्वजनिक भैरहेकाबेला एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण अघिनै पार्टी एकता हुनसक्ने बताएका छन् । सोमबार एमाले मुख्यालय धुम्बाराहीमा लेखक कमल कोइरालालाई मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।
उनले  पार्टी एकता हतार या ढिलो नगरी उपयुक्त समयमा हुने प्रष्ट पारे  । पार्टी कार्यलयको कार्यक्रममा बोल्दै उनले भने,  ‘एकता हुन्छ, हुन्छ, भारत भ्रमणअघि पनि हुनसक्छ, पछाडि पनि हुन सक्छ । यो हतारो गर्ने कुरा हैन र ढिलो गर्ने कुरा पनि होइन । उपयुक्त समयमा पार्टी एकता घोषणा गरिन्छ ।’
प्रधानमन्त्री ओलीले  बाम गठबन्धनको सरकार बनेपछि काँग्रेस र उसका नेताहरुमा जलन भएको बताए ।
‘हामीले गरिवलाई धनि बनाउछौ भनेका हौ, धनीको खोस्ने भनेको होइन, ३६ प्रतिशत गरिविको रेखामुनि रहेका जनतालाई धनी बनाउछौं भन्दा आत्तिनुपर्ने कारण छैन’ ओलीले भने ‘छिमेकीसँग विश्वसनीय सम्बन्ध बनाउन चाहान्छौ ।’

 

नेपालको विकासमा छिमेकीलाई समेत साथ लिएर अघि बढ्ने योजना सरकार रहेको प्रधानमन्त्रीको भनाई छ  । उनले भने,  ‘तीन बर्षमा विकासशिल राष्ट्रमा पुग्छौ । १३ बर्षमा दिगो विकास हासिल गर्ने लक्ष्य पुरा गर्छौ, उत्पादनमा बृद्धि, गर्छौ ।’ राजनीतक संक्रमण टुगिएको भन्दै सम्बृद्धिको संक्रमण सुरु भएको प्रधानमन्त्री ओलीको भनाई छ ।
कार्यक्रममा पत्रकार कोइरालालाई ५० हजार ५ सय ५५ रुपैयाँ नगदसहति सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार  ८ : १५ बजे