कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठको निधन



काठमाडौं चैत, २०–
कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगले पीडित यशोदाको उपचारको क्रममा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

उनको सोमवार राति ११ बजे हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको हो । पछिल्लो समय क्यान्सरपीडित यशोदाको दुवै खुट्टा नचल्ने भएको थियो । उनका एक छोरा, एक छोरी छन् ।

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलबार  ८ : ४८ बजे