भारतिय क्रिकेटरले पाए –भारतको तेस्रो ठूलो सम्मान



काठमाडौं–पूर्र्व भारतीय क्रिकेट टिमको कप्तान महेन्द्र सिंह धोनीलाई भारतको नागरिक तर्फ दिइने तेस्रो ठूलो सम्मान प्रदान गरिएको छ ।
धोनीले सोमबार राष्ट्रपति रामनाथ कोबिदबाट पद्म भुषण ग्रहण गरे ।
यो सम्मान उनको नेतृत्वमा भारतीय टिमले क्रिकेट वल्डकप जितेको सातौं वर्षगाठमा दिइएको हो । भारतले सात वर्ष अघि मुम्बईमा सम्पन्न भएको क्रिकेट विश्वकपको फाइनलमा श्रीलङ्गालाई हराएको थियो ।

भारतीय स्थल सेनाको सम्मानार्थ अधिकृत समेत रहेका धोनी दिल्ली स्थीत राष्ट्रपति भवनमा भएको सम्मान वितरण कार्यक्रममा सेनाको पोसाकमा सहभागी भएका थिए ।
उनको यो सम्मानमा धेरै खेलाडीहरु र मन्त्रीहरुले बधाई दिएका छन् ।
धोनी अहिले पनि भारतीय क्रिकेटको अन्तराष्ट्रिय एक दिवसीय खेल खेल्छन् ।
धोनीलाई भारतमा सबैभन्दा सफल कप्तानको रुपमा हेरिन्छ ।

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलबार  ९ : २४ बजे