मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल वायुसेवा निगमले ८ वटा बिमान नेपाल ल्याउने



काठमाडौं–नेपाल वायुसेवा निगमले आँउदो १८ महिनाभित्र ६ वटा ट्वीनअटर र थप २ वटा वाइड बडी जहाज खरिद गर्न लागेको जनाएको छ ।

काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै निगमका प्रवन्ध निर्देशक शुगतरत्न कंशाकारले पुराना जहाज प्रतिस्थापन गर्दै नयाँ विमान खरिद गर्न लागिएको जानकारी दिएका हुन ।

फान्सको कम्पनीसँग खरिद संम्झौता भएको वाइडबडि विमान आगामी जेठसम्म आइपुग्ने बताए ।

उनले भने, ‘बर्षको ४ वटा, नसके दुइवटासम्म भएपनि जहाज थप्नुपर्छ भन्ने योजना छ । ४० बर्ष पुरानो ३ वटा ट्वीनअटर विमान र एउटा बोइङ पनि विक्री गर्ने र ६ वटा ट्वीनटर र २ वटा न्यारो बडी विमान ल्याँउने योजनामा छौँ ।’

अन्र्तराष्ट्रिय र आन्तरिक सेवा दुवैतर्फ विमान थप्दै निगमको आय बढाँउदै लैजाने नीति अनुसार आगामी १८ महिनाभित्र ६ वटा ट्वीनअटर र २ वटा एयर बस खरिद गर्ने प्रक्रिया शूरु गसिकेको जानकारी दिए । नयाँ खरिद गरेर पुराना जहाज प्रतिस्थापन गर्ने निगमले योजना बनाएको उनको भनाई छ ।

हवाई सुरक्षालाई अन्र्तराष्ट्रिय स्तरमा पु¥याँउने योजना अनुसार इन्जिनियरिङ र सञ्चालन तर्फ एकजना विदेशी विज्ञलाई करारमा नियुक्त गर्न पनि निगमले आश्वयक कदम चालेको प्रवन्ध निर्देशक कंशाकारले बताए ।

नयाँ आउने दुईवटा वाइड बडीको चारवटा इन्जिनको सम्र्पूण मर्मत संभार इन्जिन निर्माता कम्पनीलाई नै दिने बारे निगमले छलफल प्रक्रिया पनि शूरु गरिसकेको छ ।

निर्माता कम्पनीबाटै मर्मतको सेवा पनि लिन विश्वका ९५ प्रतिशत वायुसेवा कम्पनीले यस्तै प्रक्रिया अपनाएकोले नेपाल वायुसेवा निगमले पनि यो प्रक्रिया अपनाउन लागेको हो ।

 

 

सार्वजनिक खरिद ऐन २०६३ मा विना टेण्डर सोझै खरिद गर्न सक्ने प्रावधान रहेकाले एकै पटक १२ बर्ष अवधीका लागि निकट भविष्यमा ल्याइने दुई वाइड बडिका ४ वटै इन्जिनको संचालन, मर्मत संभार तथा इन्जिनको लाइफ साइकल व्यवस्थापनको जिम्मा रोल्स रोइस कम्पनीलाई दिनेबारे प्रक्रिया शूरु गरेको निगमको भनाई छ ।

यसरी विमान निर्माता कम्पनीलाई नै इन्जिन मर्मतका लागि दिँदा प्रत्येक महिना झन्डै ४ करोड लाग्ने अनुमान गरिएपनि कम्पनीसँग छलफल चलिरहेको छ ।

यस्तै निगमलाई अन्र्तराष्ट्रिय स्तरको उत्कृष्ठ संस्थाको रुपमा विकास गर्नका लागि व्यवस्थापनमा सुधार गरिने प्रवन्ध निर्देशक कंशाकारले बताए । यसका लागि बृहत रुपमा ओ एण्ड एम सर्भे भइरहेको र छिट्टै अन्तिम निर्णयका लागि रिर्पोट सञ्चालक समितिमा पेस हुन लागेको उनले बताए ।

यसका साथै निगममा कार्यरत कर्मचारीको क्षमता, कार्यदक्षता, विधि, प्रणाली, प्रकृया, निर्णय गर्ने सामथ्र्य, कर्मचारीको कार्यसंस्कार, मन परिवर्तन र निगमको सम्पूर्ण पक्षमा निरन्तर ध्यान दिने निगमले जनाएको छ ।

निगमका ८ वटा जहाजले अहिले घरेलु उडान गरिरहेको छ भने ३ वटा जेट विमानले अन्र्तराष्ट्रिय उडान गरिरहेको छ । एउटा विमान भनेर बिग्रिएर थन्किएको छ । यतिबेला निगमले ३ वटा एयरबसबाट ८ अन्र्तराष्ट्रिय उढान गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलबार  १० : ४२ बजे