मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुढेसकालमा जबरजस्ती सगरमाथा चढ्ने प्रयास



१९ चैत, काठमाडौं । सगरमाथा चढ्ने प्रयास असफल हुँदा दुवै खुट्टा गुमाएका चिनियाँ नागरिक सिया बायु सगरमाथा चढ्ने भएका छन् । ७० वर्षका सिया बायुलाई पर्यटन विभागले चैत १५ गते हिमाल आरोहण गर्ने अनुमति प्रदान गरेको छ ।

विभागका महानिर्देशक दिनेश भट्टराईका अनुसार ९ जना चिनीयाँको टोलीले अनुमति लिएको छ । जसमा दुबै खुट्टा गुमाएका बायु पनि सहभागी छन् ।

 

‘सर्बाेच्चले अन्तरिम आदेश जारी गर्दै पर्वतारोहण सम्बन्धी नियमावलीे खारेज गरेपछि, यसअघि कै व्यवस्थाअनुसार अनुमति प्रदान गर्दा दुबै खुट्टा गुमाएको भएपनि बायुले हिमाल चढ्ने अनुमति पाए,’ भट्टराईले भने ।

 

यसअघि सरकारलेे पर्वतारोहणसम्बन्धी नियमावली २०५९ को दफा ३को उपदफा २ लाई संशोधन गरी दुई हात वा खुट्टा नभएको वा दुवै आँखाले देख्न नसक्नेलाई पनि आरोहण अनुमतिमा रोक लगाएको थियो ।

तर, यसका बिरुद्धमा संविधानको धारा ४२ ले प्रदान गरेको सामाजिक न्यायको हकमा नै बन्देज गरेको भन्दै सर्बाेच्चमा मुद्धा परेको थियो । गत फागुनमै सर्बाेच्चले पर्वतारोहणसम्बन्धी नियमावली खारेज गरेको थियो ।

यो टिमको लिडर भने दाओ लि रहेका छन् । १९७५ मा नै बायुले सगरमाथा चढ्ने प्रयास गरेका थिए । तर, उनी त्यतिबेला बिफल मात्रै भएका थिएनन्, दुईवटा खुट्टा समेत गुमाएका थिए ।

उनी यसअघि ८ हजार मिटरसम्म आरोहण गरेपछि दुर्घटनामा परेर खुट्टा गुमाएका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलबार  ११ : २९ बजे