मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटन तथा वन मन्त्रालयका उपसचिवले गरे आत्महत्या, भेटियो यस्तो सुसाईट नोट



बुटवल । प्रदेश नम्बर ५ को उद्योग पर्यटनतथा वन मन्त्रालयमा कार्यरत उपसचिव बिष्णुहरी आचार्यले आत्महत्या गरेका छन् । बिगत लामो समय देखि डिप्रेसनको रोगबाट पिडित आचार्य ले सुसाईट नोट लेखेरै भैरहवास्थीत सरकारी क्वाटरमा आत्महत्या गरेको रुपन्देहीका प्रहरी प्रमुख एसपि श्याम ज्ञवालीले जानकारी दिए ।

उनले भैरहवामा रहेको घरेलु तथा साना उद्योग कार्यालयको भवनमा रहेको क्वाटर पंखाको छेउमा रहेको पंखा भुण्डाउने फलामको कुण्डीमा पलाष्टीकको रसि प्रयोग गरेर झण्डीएको अबस्थामा प्रहरीले फेला पारेको थियो । चितवन जिल्ला भरतपुर महानगरपालिका ११ जार्गिती चोक स्थायी घर भएका अर्याल १२–१५ दिनदेखि भैरहवा बस्दै आएका थिए ।

मंगलबार दिउँसो २ बजेतिर बिरामी छु भन्दै मन्त्रालयबाट क्वाटरमा आएका आचार्य एक्लै कोठामा बसेको र संगै बस्ने साथिहरुले साँझ खाना खान बोलाउँदा ढोका नखुलेपछि प्रहरीलाई खबर गरे पश्चात उनको घटना बाहिर आएको थियो । उनीसंगै ३ जना उपसचिव बस्दै आएका थिए ।

प्रहरी आएर झ्यालबाट हेर्दा भुण्डीएको अबस्थामा प्रहरीले भट्टाएको थियो । एकातर्फ पंखा चलिरहेको र अर्को तर्फको कुण्डीमा उनी झुण्डीएको अबस्थामा रहेको वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी निरिक्षक मनजित महराले जानकारी दिए ।

प्रहरीले राती ८ बजेतिर थाहा पाएपछि रसीबाट निकालेर राती नै भैरहवास्थित भिम अस्पतालमा पोस्टमार्टमका लागि लगेको र त्यस पश्चात भैरहवाको युसिएमएसमा लगिएको उनले बताए ।

उनले सुसाइड नोटमा, ‘कसैको दोष छैन। म आफूखुशी आत्महत्या गर्दैछु। म एक डिप्रेसनको विरामी हुँ।’ भनेर लेखेको प्रहरीले बताएको छ ।

गत बर्ष दाउन्नेमा भएको दुर्घटनामा परी छोरीको मृत्यु भएपछि उनी डिप्रेसनमा परेको बुझीएको छ । प्रहरीले आचार्यको शवलाई परिवारको जिम्मा लगाईदिने तयारी गरेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार  ६ : ३७ बजे