मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतिय संञ्चारमाध्यमहरुमा प्रधान्मन्त्री ओलिको भन्दा अभिनेता सलमान खाँनको चर्चा बढि



आज भारतिय संञ्चारमाध्यमहरुमा भारतको औपचारिक भ्रमणमा गएका नेपालका प्रधान्मन्त्री के.पि.शर्मा ओलिको भन्दा चर्चित भारतिय अभिनेता सलमान खानको चर्चा बढि देखिएको छ ।

केहि दिन अघि बन्यजन्तु शिकारको आरोपमा अभिनेता सलमान खाँन पक्राउ परेका थिय । अदालतले सलमान खाँनलाइ धरौटिमा रिहा गर्ने समाचार सार्बजनिक भए सँगै अभिनेता सलमान खाँनका फ्यानहरु अदालत बाहिर जम्मा भएका थिए । न्यायाधीश रविन्द्र कुमार जोशीले जोधपुर अदालतमा उनलाई जमानत दिइएको जानकारी गराएका थिए।खानले जमानत पाएको जानकारी सुन्नासाथ सलमान खाँनका फ्यानहरु नाच्नुका साथै खुसीले कराएका थिए।

यसै बिच आजै प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्तापछि नेपाल–भारत १२ बुँदे संयुक्त वक्तव्य जारी भएको छ । यघपि ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेट भन्दा अभिनेता सलमान खानको चर्चा भारतिय र अन्तर्रााष्ट्रीय संञ्चारमाध्यमहरुमा धेरै देखिएको समाचार छ ।

प्रकाशित मिति : २४ चैत्र २०७४, शनिबार  २ : १८ बजे