मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्डले फेरि दोहोर्याएः एमालेसँग पार्टी एकता गर्दा केन्द्रमा बारबरी हैसियत हुनुपर्ने अडान



२५ चैत, काठमाडौं–माओवादी केन्द्रले एमालेसँग पार्टी एकता गर्दा केन्द्रमा बारबरी हैसियत हुनुपर्ने अडान फेरि दोहोर्‍याएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालले सम्मानजनक एकता गर्ने र दुई धार जोड्नेगरी दुई पार्टी एकता हुनुपर्ने दोहोर्‍याएका हुन् ।

शनिबार पार्टीनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टरका पदाधिकाीलाई राजनीतिक घटनाक्रमबारे ‘ब्रिफिङ’ गर्दै दाहालले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ‘फिप्टी फिप्टी’ एकता प्रस्ताव राखिसकेको बताएका हुन् ।

केन्द्रमा बराबरी तथा जिल्ला तहमा संगठनको प्रभाव क्षेत्रका आधारमा पार्टी संगठनबीच एकता हुनुपर्ने माओवादी केन्द्रको ‘बटमलाइन’ भएको उनको भनाइ छ । आजको अन्नपूर्ण पोस्टले समाचार छापेको छ ।

‘यो पार्टी एकता हो। हामी दुई धारबाट आयौँ, तत्काल देखिँदा चुनावमा उहाँहरू(एमाले) बढी हुनुहोला, उहाँहरू हिजो कम हुनुहुन्थ्यो । भोटको कुरा मात्रै मुख्य होइन। पार्टी एकता सम्मानजनक र अलग धार जोड्ने कुरा हो’ दाहालको भनाइ उद्धृत गर्दै प्रेस सेन्टरका उपाध्यक्ष कमल गिरीले भने ।माथि केन्द्र सिंगो शरीरमा ५०\५० प्रतिशत माओवादीको नेता धेरै हाम्रा छन्, जनता धेरै एमालेका छन्’ दाहालको भनाइ थियो । एमालेले विगतमा १० प्रतिशत पनि संगठन नभएको मनमोहन अधिकारी नेतृत्वको नेकपा माक्र्सवादीसँग एकता गर्दा समेत ५० ५० कौ आधारमा गरेको दाहाले स्मरण गरे ।

प्रकाशित मिति : २५ चैत्र २०७४, आइतबार  ८ : २७ बजे