मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज ३ बजे नेपालि कांग्रेसको विशेष पत्रकार सम्मेलन



काठमाडौं । नेपाली कांग्रेसले दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण लगायतका विषयमा पार्टीको धारणा आउने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

पत्रकार सम्मेलनमा सरकारले जारी गरेको श्वेतपत्रका बारेमासमेत पार्टीको धारणा सार्वजनिक हुनेछ ।

त्यस्तै सरकार मनोमानी ढंगले चल्दै आएको आरोप लाग्न थालेपछि काँग्रेसले त्यसबारे पनि सरकारलाई सचेत गराउने तरिकाले पत्रकार सम्मेलनमार्फत सन्देश दिने स्रोतले बताएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार  ६ : १२ बजे