मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कति उपलब्धीमुलक भयो त ? प्रधानमन्त्री ओलीको राजकीय भारत भ्रमण !



काठमाडौं चैत, २६–
प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीन दिने राजकीय भ्रमण सकेर आइतबार साँझ नेपाल फर्केका छन् । सात महिना अघि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भारतको भ्रमण गरेका थिए । सरकार आफैले बनाएको कुटनीतिक निर्देशिकाविपरीतको यो भ्रमणको उपलब्धिको समिक्षा सुरु भइसकेको छ । दुई मुलुकका प्रधानमन्त्रीले संयुक्तरुपमा जारी गरेको वक्तव्य कुुनै सम्झौता होइन । सामान्य समझदारीको रुपमा लिइन्छ ।
प्रधानमन्त्री ओली भारत जानु अघि नै अरुण तेस्रो जलविद्युत आयोजनाको भारतमा दुर्ई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा शिलान्यास गर्ने तय भएको खबर आएको थियो । सरकारी अधिकारीहरुले पनि यस्तो तयार रहेको पुष्टि गरेका थिए । तर जब ओली भारत पुगे, नेपाली पक्षले ‘तयारी पूरा नभएको’ भन्दै शिलान्यास रोक्यो । नेपाली पक्षको यो गम्भीर कमजोरी थियो । यद्यपि अरुण तेस्रो हालको अवस्थामा नेपालका लागि त्यति धेरै महत्वको योजना होइन ।

 

 

 महत्वका काम

नयाँ दिल्लीमा दुईवटा काम भए । त्यो मध्येको एक हो भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्मको पेट्रोलियम पाइप लाइनको उदघाटन । र अर्को हो वीरगञ्ज भन्सार जाँच चौकीको उदघाटन । यी दुवै आयातसँग सम्बन्धित छन् । इन्धन सामरिक महत्वको वस्तु हो । यो वस्तुमा नेपालले भारतसँगको निर्भरतालाई अझै संस्थागत गरेको छ । जबकी भारतले विद्युतलाई समेत सामरिक महत्वको मानेर भारतीय कम्पनीको ५१ प्रतिशत लगानी नरहेको कम्पनीको विद्युत नकिन्ने नीति लिएको छ । अर्को एकीकृत जाँच चौकीको महत्व नेपालका लागि आयात सजिलो बनाउने विषय हो । यो धेरै पुरानो योजना हो । उद्घाटन भनेको एक औपचारिकता मात्रै हो उपलब्धी होइन ।
दुई देशबीच भूकम्पपछिको पुनर्निर्माणमा भारतले सञ्चालन गरिरहेका योजनाहरुलाई समयमै पूर्णता दिने भनिएको छ । यो बासी गफ हो । महाकाली सन्धि भएको २० वर्ष भयो । पञ्चेश्वर बहुद्देश्यीय योजनाको अझै डिपिआर बन्न सकेको छैन । कहिले बन्छ त्यो पनि निश्चित छैन । यसकारण दुई देशबीच हुने समझदारीको ठोस उपत्रलब्धी नेपालले लिन सकेको छैन ।
भारतीय प्रधानमन्त्री मोदीले आफ्नो वक्तव्यका क्रममा नेपाल अब समुद्रसम्म पहुँच राख्ने देश बन्ने उल्लेख गरे । जबकी भूपरिवेष्ठित मुलुकले स्वभाविक रुपमा समुद्रसम्म पहुँच पाउनु पर्ने हो । तर नाकाबन्दी लगाएर मोदीले सानो देश नेपालको अधिकार निमोठेर ‘जे बोल्छु, त्यो गर्दिनँ’ भन्ने व्यवहारिक रुपमै प्रमाणित गरिदिए ।
नेपालको चतराभन्दा माथि कोशी उच्च ड्याम बनाउन पाए बिहारको बाढी नियन्त्रण गर्न सकिन्छ भन्ने भारतको पुरानो योजना हो । त्यहाँ उच्च ड्याम बनाउँदा नदि जोड कार्यक्रममार्फत नदीमा पानीको मात्रा बढाउँदा  दमकसम्म कलकत्ताबाट आउने साना पानीजहाज ल्याउन सकिन्न भन्ने गरिएको छ । नेपाललाई समुद्रसम्म लिंकको लोभ देखाएर भारत चतरामाथि कोशी उच्च बाँध बनाउन चाहन्छ । यो योजना कुनै पनि अर्थमा नेपालको हितमा छैन । हालको आवश्यकता पनि होइन । तर भारतले पालेका केही भारतीय एजेन्टहरुले कोशी उच्च बाँध नेपालको हितमा छ भन्दै भारतको पक्षमा बौद्धिक प्रदुषण फैल्याइरहेका छन् ।

भूकम्पले थिलथिल भएको मुलुकमा पाँच महिनासम्म नाकाबन्दी लगाएर दोस्ती निभाएका मोदीले यसपटक केही नारा उल्लेख गरे । त्यसमा प्रधानमन्त्री केपी ओलीका नारा पनि थिए ।  ति थिए, ‘सबका साथ, सबका विकास’ ! ‘सम्बृद्ध नेपाल, सुखी नेपाली’ ! ‘अब नेपाल भुपरिवेष्ठित नहिं रहा’ ! ’शान्त, समृद्ध नेपाल भारतको चाहना’ ! ’भारतसँगको असमझदारी हटिसक्यो’ !
यी नाराहरु बम्बैया फिल्मी संवाद भन्दा फरक लागेनन् । किनभने नारा त जे लगाए पनि हुन्छ । व्यवहारमा वरको सिन्को पर सरेको छैन । नाराको मात्रै के अर्थ ।
प्रधानमन्त्री केपी ओलीले भारतसँग ठोस रुपमा गर्नु पर्ने कुराहरु केही नगरी फर्किए । पहिलो त उनले सीमामा नेपालीले खेपिरहेको दुःख  थियो । ६५ हजार हेक्टर सीमा मिचिएको विषय, व्यापार घाटा, विराटनगरमा रहेको भारतीय दूतावासको शाखा, पञ्चेश्वर योजना आदिबारे कुरा गर्नु पर्ने थियो । तर त्यसो केही हुन सकेन । यद्यपि प्रधानमन्त्री ओलीले भारत गएर केही गुमाएर आए भन्न चाहिँ मिलेन ।
संविधान स्वागत नगरेर हेपाहा नीति देखाएको भारतले नेपालसँग लिएको नीति बारे भारतका नेपाल मामिलाविज्ञ एसडी मुनीले भनेको छन्, ‘भारतको नेपालप्रतिको नीति भनेको केवल नेपालसँंग जोडिएको नीति नभएर क्षेत्रिय नीति हो ।’ अर्थात भारतले नेपाललाई भुटान, मालदिभ्सलाई भन्दा फरक तरिकाले हेर्दैन । भुटान भारतसँगै निर्भर छ । चीनसँगसमेत उसको सम्बन्ध छैन । नेपाल पनि ठिक यस्तै होस भन्ने उसको चाहना हो । नेपालले पनि चीन र पाकिस्तानसँग सम्बन्ध बिगारोस भन्ने चाहन्छ ।

 

 

भारतका मतलव
१.नेपालप्रति अपनाईने नीति केवल नेपालसंँगको मात्र नभएर क्षेत्रिय नीति हो । यसको अर्थ के हो भने चीन र पाकिस्तानसँंग नेपालको सम्बन्ध कस्तो हुन्छ भन्ने कुराले नै भारतकोे नेपालप्रतिको नीति तय गर्छ । नेपालमा रहेको भारतीय एजेन्टहरुले पनि सरकारलाई भारतसँग विशेष सम्बन्ध बनाउन दबाब दिने गर्छन् । जसको निहित अर्थ चीन र पाकिस्तानसँग टाढा बनाउनु हो ।
२.कोशीमा उच्च बाँध नबनाईकन पानी जहाजको कुरा संभव छैन । अर्थात भारत कोशी उच्च बाँध बनाएर पूर्वी पहाडलाई जलमा डुबाउने योजनामा छ । यसो गर्दा उसको बिहार जोगिन्छ । यसमा पनि भारतीय एजेन्टहरु क्रियाशील छन् ।
३.केपी ओलीलाई गरिएको स्वागत ‘फर्वार्ड लुकिङ अप्रोच’मा आधारित छ । यसको हुन्छ– सम्बन्ध सुध्रेको भन्ने होईन, अगाडि हेर्दै जाने हो ।
४. भारतले सार्कको विकल्प खोजिसकेको छ । उपक्षेत्रीय संगठनमा पाकिस्तान बाहिर राखिएको छ । पाकिस्तानलाई तह लगाउन भारतले सार्क सम्मेलनमा असहमति जनाउँदै आएको छ ।
बाहिर नआएका विषय
भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले समकक्षी मोदीसँग केही गहन विषयमा वार्ता गरे । जुन संयुक्त वक्तव्यका रुपमा बाहिर आएन । ती थिएः
१. नेपालले वार्षिकरुपमा करिब ६ खर्ब भारतसँग व्यापार घाटा झेल्छ । यस्तो भएपछि नेपालले भारतलाई कसरी विश्वास गर्ने ? प्रधानमन्त्री ओलीले राखेको विषय थियो यो ।
२. भारतका सडक, बाँध र संरचनाले प्रत्येक वर्षामा नेपाल तिरका वस्ती डुबानमा पर्छन् । भारत किन संवेदनशील भएन ?
३. महाकाली सन्धि हुँदा टनकपुरसम्मको लिंक रोड भारतले बनाउने भनेको थियो । २० वर्षमा डेढ किलोमिटर पनि सडक किन बनाइएन ? आजका अखबारहरुमा  खबर छ ।

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार  ७ : ४५ बजे