चालचलनको प्रमाणपत्र लिन नेपाली कामदारले अब हैरानी ब्यर्होर्नु नपर्ने



श्रम, रोजगार तथा सामाजिक मन्त्रालयलाई सोमबार यूएईले यस्तो जानकारी गराएको हो । वैदेशिक रोजगारका लागि यूएई जाने नेपाली श्रमिकले ‘चालचलनको प्रमाणपत्र’ पेस गर्नुपर्ने निर्णयको आलोचना बढेपछि यूएईले यस्तो निर्णय गरेको जनाइएको छ ।
दूतावासले चालचलन प्रमाणीकरणका नाममा ४ हजार ३ सय रुपैयाँ लिन थालेपछि श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत यूएई सरकारको ध्यानाकर्षण गराएको थियो । प्रमाणपत्र लिन नेपाली समेत बेहोरेका थिए । सुरक्षाको कारण देखाउँदै गत फेब्रुअरी ४ बाट यो नीति कार्यान्वयनमा ल्याइएको थियो ।
 यूएईले ५ वर्ष बसेको मुलुकबाट प्रहरी प्रतिवेदन बनाउने नियम ल्याएको थियो । यूएईले अर्को सूचना जारी नभएसम्म अप्रिल १ बाट लागू हुने गरी यो नियम रद्द गरेको जनाएको छ । ‘कामदार आपूर्ति गर्दा पेस गर्नुपर्ने असल आचारणसम्बन्धी मन्त्रिपरिषदको २०१७ को निर्णय नम्बर १/८ लाई मन्त्रिपरिषदको निर्णय नम्बर २०१८ को २० (४) ले अल्पकालीन रूपमा रद्द गरेको सूचित गरिन्छ,’ यूएईको मानव संसाधन मन्त्रालयले  सूचना पठाएको समाचार छ ।

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार  ३ : ०३ बजे