मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मदन दवाडिको चलचित्र, तिमी हुन्छौ जहाँ जहाँ’ को गीत रिलिज,चलचित्र राम्रो बनेको निर्माण पक्षको भनाइ



विकास बस्यालको निर्देशन तथा लेखनमा बनेको फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ को पहिलो गीत सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौँमा पत्रकार भेटको आयोजना गर्दै निर्माण टिमले ‘तिम्रो हर सासमा तिमी’ बोलको गीत सार्वजनिक गरेका हुन् । अर्जुन पोख्रेलको शब्द तथा संगीत समावेश गीतमा अन्जु पन्त र फिरोज बस्नेतको स्वर समावेश छन् ।

पछिल्लो समय ‘रानी’ फिल्ममा स्क्रीन शेयर गरेका यी कलाकारद्वय गीतमा निकै रोमान्टिक देखिएका छन् । फिल्मबारे बोल्दै अभिनेत्री मलिनाले मनिष कै लागि यो फिल्म खेलेकी बताईन् । उनले भनिन् ‘ कार्यक्रममा मनिष नहुँदा निकै नै खल्लो लागिरहेको छ ।  यो फिल्म साइन गर्नुको सबैभन्दा मेन रिजन नै मनिष हो । यो गीत बनाउन चार दिन लाग्यो, हाम्रो फिल्मको कथा निकै राम्रो छ’ ।

त्यस्तै निर्देशक बस्यालले फिल्मको स्क्रीप्टले नै उनलाई निर्देशनमा डोराएको बताए ।

फिल्ममा उनि दुईसंगै वर्षा सिवाकोटी र स्वरूप पुरुस ढकाल लगायत अन्य कलाकारको मुख्य अभिनय छ । फिल्मको सम्पूर्ण पोस्ट प्रडक्सनको काम किन्डल सिने स्टुडियो (रेड) मा भैईरहेको छ ।

आगामी असार ८ मा प्रदर्शन हुने यस फिल्मका निर्मातामा मदन दवाडी, हरि प्रसाद अधिकारी र डाल चन्द्र दवाडी रहेका छन् । फिल्मका कार्यकारी निर्मातामा प्रकाश बास्कोटा रहेका छन् भने सह- निर्माता बिना कार्की हुन् । फिल्मको छायांकन रमणीय स्थल मुस्ताङ, पोखरा र काठमाडौँमा भएको हो । फिल्मका प्रस्तुतकर्ता समेत रहेका मदनले फिल्म राम्रो बनेको बताए ।

 

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार  ४ : ०३ बजे