मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री को देश बनाउने चाहाना भएअब कसैले रोक्न सक्दैन: प्रकाश कार्की–काङ्ग्रेश नेता तथा उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य



प्रकाश कार्की  ब्यावसाही तथा नेपाली कङ्ग्रेश का नेता पनि हुन उहाँ प्रदेश तथा प्रतिनिधि सभा को निर्बाचनमा  सोलुखुम्बु जिल्ला  प्रदेश शभा क बाट निर्बाचन लडेका थिए  उनि झिनो मतले पराजित भएका कार्कि अहिले के गर्दै छन अाउने निर्बाचनमा कार्की को भुमिका र सोलुखुम्बु जिल्ला लागी अबको योजना के हुनसक्छ  सफल ब्यावसाही तथा काङ्ग्रेश नेता कार्की  संग थाइनेपाल न्युजले  अबश्य  जानकारी लिने  नै छ । पहिलो पटक प्रधानमन्त्री सँग राजकिय भ्रमण मा   सामेल भएका कार्की के भन्छन त भारत र नेपाल बिच को सम्बन्ध  र प्रधानमन्त्री को राजकिय भारत भ्रमण लाइ ?

प्रकाश सिंह कार्की अध्यक्ष फ्रेट फ्रवार्डस एसोसियसन , केन्द्रीय सदस्य उवा महासंघ

फ्रेट फ्रवार्डसका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका प्रकाश सिंह कार्की एक सफल व्यवसायीका रुपमा परिचित छन् । उनले मूनाफा  कमाउने व्यवसाय मात्रै गर्दैनन् राज्यका नीति नियम निर्माण गर्ने तहसम्म आवश्यक पर्ने सहयोगीको भूमिका निभाउन समेत तल्लिन रहन्छन् । प्रधानमन्त्री ओलीसँगै भारतको राजकीय भ्रमणमा उद्योग वाणिज्य महासंघको तर्फबाट प्रतिनिधित्व गर्दै भारत गएका थिए व्यवसायी कार्की । अहिले उक्त भ्रमणको मुख्य चर्चामा रहेको जलमार्गको बारेमा उनले गएको कात्तिकमै एउटा प्रतिवेदन तयार पारेर राज्यका सरोकारवालाहरुलाई बुझाईसकेका छन् । पछिल्लो समय प्रधानमन्त्रीको भारत भ्रमणमा यही बिषयले उल्लेख्य चर्चा पाएको तथा नेपाल भारत दुबैको प्राथमिकतामा यो बिषय परेकाले कार्की निकै खुशी समेत भएका छन् । नेपाली कांग्रेसका नेता समेत रहेका कार्की गएको प्रदेशसभा निर्वाचनमा सोलुखुम्बु जिल्लामा प्रदेशसभा निर्वाचन समेत लडेका थिए । आइतबार मात्रै भारत भ्रमणबाट फर्किएका कार्कीले उनकै कार्यकक्षमा तीनघुम्तीसँग गरेको संक्षिप्त कुराकानीः
नेपाल र भारतका बीचमा देखिएका मुख्य व्यवसायिक समस्या के के हुन् ?

मुख्य समस्या भनेकै ट्रान्सपोर्टको रहेको छ । पछिल्लो समय लगाईएको जिएसटी अर्को समस्याको रुपमा आएको छ । बेला बेला स्मुथ्ली भैरहेको काममा समेत उनीहरुले समस्या पैदा गर्ने काम गर्छन् । विराटनगरसँगको जोगवनी भन्दा उताको पुल भत्किएको छ । यो सामान्य समस्या हो, पुल भत्किएको एक बर्षसम्म पनि नबनाउदा बिहारबाट भण्टाबारी हुँदै विराटनगर आउनुपर्दा समय र इन्धन दुबैको नोक्सानी भैरहेको छ । यस्ता माईनर कुराले हामीलाई समस्या पैदा भैरहेको छ । अर्को कुरा मालबाहाक ट्रकमै समस्या छ । उनीहरुका ट्रक निर्वाध रुपमा यता आउन सक्छन् तर, यताका हाम्रा ट्रक उता जान पाउदैनन् ।
हाम्रा प्रधानमन्त्री यस्ता कुराबाट बेखबर हुनुहुन्छ ? अहिलेको भारत भ्रमणमा यी कुरा उठाउनु भयो त ? 

यो बिषयमा मैले प्रधानमन्त्री निकै चिन्तित भएको पाए । हामीहरु भारत पुग्नासाथ प्रधानमन्त्रीले दुबैतर्फका व्यवसायीहरुलाई राखेर सुरुमै अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गर्नुभयो । नेपालबाट गएका हाइड्रो, कृषि, तथा आदि क्षेत्रका व्यवसायीहरुलाई एकअर्काबीच अन्तरक्रिया मात्रै गराउनुभएन उहाँले भारतीय व्यवसायीहरुलाई नेपालमा लगानि गर्न समेत आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले ५ बर्षको लागि आफ्नो स्थायी सरकार बनेकाले आफूले लगानि सुरक्षाको ग्यारेन्टी गरिदिने भन्दै भारतीय व्यवसायीलाई नेपालमा लगानि गर्नमा निकै जोड समेत दिनुभयो ।
नेपालका वयवसायीहरु त लगानि सुरक्षा हुनेमा विस्वस्त नभएको अवस्थामा भारतीय व्यवसायी प्रधानमन्त्रीको कुरामा विस्वस्त भए त ?
अहिले प्रधानमन्त्रीको कुराले उनीहरु  विस्वस्त भएको जस्तो लाग्छ । अब, कार्यान्वयन कस्तो हुन्छ हेर्न त बाँकी नै छ । प्रधानमन्त्रीले पहिले भन्दा म केही गर्छु भन्नु भएको छ  । त्यो कुरा केले पनि पुष्टि गर्छ भने यताबाट भारत पुग्नासाथ प्रधानमन्त्रीले व्यवसायीहरुलाई नै पहिलो प्राथमिकता दिएको हिसावले र उता पनि धेरै भेटघाटमा महत्व दिएको हिसावले आउने दिनमा राम्रो हुने कुरामा आशा गर्न सकिन्छ ।
व्यक्तिगत रुपमा तपाईं प्रधानमन्त्रीको कुराले कति उत्साही हुनुहुन्छ ?
त्यो कुरा त भविष्यले देखाउछ । किनभने अहिले उहाँहरुसँग यत्रो अवसर छ । जनताले यति बलियो बनाइदिएका छन् । प्रधानमन्त्रीले चाहाने भने नसक्ने भन्ने नै छैन । यदि अब पनि गर्न सक्नुभएन भने अरुलाई दोष लगाउने ठाँउ पनि छैन । हेर्दाखेरी प्रधानमन्त्रीले केही गर्नुहोला जस्तो नै देखिन्छ । पछि उहाँलाई अरुले कतिको सपोर्ट गर्छन हेरौ । उहाँ पहिले पनि प्रधानमन्त्री भैसकेको मानिस हो । गर्न सक्नुभएन भने अरुलाई दोष लगाउने ठाँउ देखिदैन ।
पहिलोपटक प्रधानमन्त्रीसँग राजकीय भ्रमणमा सामेल हुनुभयो कस्तो अनुभव भयो ?
मैले संसारका धेरै मिटिङ अटेन्ड गरेको छु । तर, राजकीय भ्रमण मेरा लागि पहिलो पटक हो । यो भ्रमणबाट मैले निकै राम्रो अनुभूति गरिरहेको छु । यो मेरो लागि नयाँ  अनुभव रह्यो । त्यहाँका डिप्लोम्याटदेखि व्यवसायीहरुसँग भेटघाट गर्ने अवसर प्राप्त भयो । प्रधानमन्त्रीको भनाई अनुसार अब देश तथा व्यवसायीले चाहेको हुनसक्छ भन्नुभएको छ । अब, तपाईंहरुले चाहेको अनुसार हुन्छ, कुनै काममा पनि ढिलासुस्ती हुँदैन । म तपाईंहरुकै साथमा छु भन्नुभएको छ । त्यसैले अब केही हुन्छ कि भनेर आशा पलाएको छ ।
यो निकै चर्चा गरिएको जलमार्गको बारेमा केही बताईदिनु हुन्छ की ?
यो एकदमै राम्रो बिषय हो । यो एक बर्ष पहिलेदेखिनै मैले उठाउदै आएको बिषय पनि हो । पहिले कलकत्ता पोट मात्रै थियो अब इशाखा पोट पनि भयो भने हामीलाई ‘वाटर वे’ को बाटो भएर नेपालमा सामान लयाउन निकै सस्तो पर्न जान्छ । मैले इन्डियाको कन्फ्रेन्समा जाँदा यो बिषयमा जोड्दार रुपमा कुरा राखेको थिए । यो वाटर वेजलाई नेपाल तथा इन्डिया दुबैले प्रयोग गर्न पाउनुपर्छ भनेर । हामीले त्यो बाटो भएर सप्तकोशीसम्म सानो सानो जहाजहरु मजाले ल्याउन सक्छौं । कलकत्तासम्म ठुलो जहाजमा सामान ल्याएपनि त्यहाँबाट सानो जहाजमा हामीले सामान लैजान पाउनुपर्छ भनेर मैले कुरा उठाएको थिए । गत कात्तिकमा पनि म आफै अध्यक्ष रहेको अर्गनाइजेसनद्वारा हामीले वाणिज्य मन्त्रालय तथा  उद्योग मन्त्रालयलाई लेखेर दिनुका साथै कतिपय ठाँउमा बोलेका पनि थियौ । त्यसरी हामीले मन्त्रालयसम्म पुर्याएका कुरालाई प्रधानमन्त्री ज्यूले दुई देशका बीचमा समझ्दारीको तहसम्म ल्याउनुभएको छ । यो कुरा भयो भने धेरै राम्रो हुन्छ ।
कतिपय विज्ञले यो सम्भावना छैन भनिरहेका छन् तपाईंले कतिको सम्भावना देख्नुभएको छ ?
यो सम्भावना हुन्छ । किनभने हाम्रो तर्फबाट त कुनै रोकतोक  हुँदैन । इन्डियाले आफूले बोले अनुसार काम गरिदियो भने मैले सम्भावना देख्छु । तर, पहिले कतिपय अवस्थाहरुमा बोल्ने मात्रै नगर्ने अभ्यास पनि देखिएकाले शंका मान्नु स्वाभाविक पनि हो ।

यदि यो सम्भव भयो भने ट्रान्सपोटेसन कष्टमा कति फरक पर्छ ?
धेरै सस्तो पर्छ र धेरै फाईदा हुन्छ । जस्तै, यहाँबाट अमेरिका एक कन्टेनर सामान पठाउन १२÷१३ हजार डलर लाग्छ भने वाटर वेको बाटो प्रयोग गर्न पाएपछि जम्मा ४÷५ हजार डलरमा त्यही मात्राको सामान नेपाल आईपुग्छ । यसले गर्दा नागरिकले अहिले भन्दा धेरै सस्तोमा सामान पाउन सक्छन् । यसले अर्को कुरा भनेको यदि बाटो विग्रियो भने अप्सन पनि हुन जान्छ । नेपालमा आउने सप्लाई पनि निरन्तर रहन्छ । सप्लाई पनि रोकिदैन ।
अहिलेसम्म किन यसको अभ्यास नभएको होला ?
थाहा नभएर पनि हुनसक्छ ।
यदि भैहालेछ भने यसले कति समय लिन्छ होला ?
यदि गर्न थालियो भने यो चाँडै हुन्छ । यो कुनै पहरा फोर्नुपर्ने काम होईन । त्यसैले यो त्यस्तो जटिल पनि छैन र सम्भव पनि छ ।
कतिपयले यो भारतले गरिदिने भन्दा पनि चाइनालाई तर्साउनलाई होल्ड मात्रै गरिदिएको भन्छन् , त्यो हुनसक्छ ?
त्यस्तो त होइन होला । आफ्ना–आफ्ना नेशनल इन्ट्रेष्ट त हुने नै भए तर, यो हो जस्तो मलाई लाग्दैन । चाइनातिर ढल्किए इन्डिया तर्कने इन्डियातिर ढल्किए चाइना तर्किने जस्तो त भैराछ । तर, त्यस्तो गर्नुभन्दा चाइना र इन्डियालाई व्यालेन्समा राखेर हामीले फाईदा लिन सक्नुपर्छ । अर्को कुरा हामीले सबै कुरा सरकारले मात्रै गरिदियोस भन्ने सोच्नु पनि त्यति उपयुक्त हुँदैन । सरकारले पनि निजी क्षेत्रलाई जिम्मेवारी दिन सक्नुपर्छ । मैले संसारभरी हेरे, हरेक देशका सरकारले जिम्मेवारी निजी क्षेत्रलाई सुम्पिएका हुन्छन् र काम पनि राम्रो ढंगले हुन जान्छ । जस्तै, हाम्रो देशमा सामान्य लाईसेन्सको कुरामा सरकारले आफैले गरेको काममा जनताले सास्ति भोगेको देखिन्छ । कतिपय मूलुकमा लाइसेन्सको काम समेत निजी क्षेत्रलाई दिईएको हुन्छ । त्यसैले जसरी प्रधानमन्त्रीले निजी क्षेत्रलाई विश्वासमा लिने बताउनु भएको छ साँच्चिकै लिन सफल हुनुभयो भने देशले काँचुली फेर्ने

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार  ४ : ३१ बजे