मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाँउपालिका अध्यक्षमाथि मुङ्ग्रो आक्रमण,थप उपचारका लागि काठमाडौं ल्याईदै



काठमाडौं चैत, २८–
ओखलढुंगामा गाँउपालिका अध्यक्षमाथि आक्रमण भएको छ । जिल्लाको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेलमाथि अज्ञात समूहले आक्रमण गरेको  हो  । क्वार्टरमा सुतिरहेका पौडेललाई बाहिर बोलाएर मुंग्रो प्रहार गरेको हो ।

उनले भने, ‘म निवासमै सुतिरहेको थिएँ, बाहिर निस्कनुस्, जरुरी काम छ भनेर बोलाए । कोही जनता दुःख पाएर आए भन्ने ठानेर बाहिर निस्केको थिएँ,’ढोकाबाट बाहिर निस्कनासाथ मुंग्रोले आक्रमण गरे ।’

अध्यक्ष पौडेलका अनुसार लिखु गाउँपालिका ९ पोकलीबाट आएको बताउने ४ जनाको समूहले मुङ्ग्रो हानेका हुन् । पौडेलको बायाँ घुँडामा ४ टाँका लगाइएको छ भने तिघ्रा र नली खुट्टामा गहिरो चोट लागेको छ । उनको हातको कान्छी औंला फुटेको छ ।

उनको राति नै स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गराइएको र थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको बताईएको छ । ओखलढुंगा प्रहरीले घटनाकोबारेमा थप अनुसन्धान भैरहेको बताएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार  ५ : २० बजे