मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गिरोह पर्यो प्रहरिको, पक्राउमा



काठमाडौं चैत, २८–
प्रहरीले अवैध रुपमा मोवाइल सेट ओसारपसार गर्ने गिरोहलाई पक्राउ गरेको छ । दिल्लीबाट काठमाडौं आउने बसमा अवैध रुपमा सामान ल्याउने ३ जना पक्राउ परेका हुन्

 

प्रहरीले चैत २७ गते दिल्लीबाट काठमाडौं आएको टुरिस्ट बसमा लुकाएर ल्याएको विभिन्न कम्पनीका मोवाइलसहित उनीहरुलाई  पक्राउ गरेको जनाएको छ । पक्राउ पर्जेमा बसचालक कृष्ण थापामगर र हरिबहादुर श्रेष्ठ तथा सहचालक भुवनबहादुर भुजेल रहेको प्रहरीको भनाई छ ।  उनीहरुले १३० थान मोवाइल ड्राइभरको सिटमाथि फल्स बटम बनाएर लुकाउँदै भन्सार छल्ने तयारी गरेका थिए ।
प्रहरीका अनुसार उक्त बसमा सामसुङका ३९, एमआईका ३१, भिभोका १३, ओप्पोका ११, वान प्लसका ४, हुवावेको १, अनरका २, लेटटिभीका २, टेक्नो कम्पनीको १, लेनोभोका ४, कलर्सको १, नोकियाका २, लियागोको १, एलजीको १ र कुल कम्पनीको एउटा मोवाइल रहेका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार  ८ : ३३ बजे