मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुर्व गृहमन्त्री तथा कांग्रेस नेता खुमबहादुर खड्काको १३ औ पुण्य तिथी मनाइयो



कपिलवस्तु । नेपाली कांग्रेसका नेता तथा पुर्व गृहमन्त्री खुमबहादुर खड्काको १३ औ दिनको पुण्य तिथीको अवसरमा नेपाली कांग्रेस कपिलवस्तु अस्तु विर्सजन  तथा शोक सभा सम्पन्न गरेको छ।

खड्काको उपचारको क्रममा यही चैत १६ गते दिल्लीमा निधन भएको थियो । १३ दिनको पुण्य तिथीको अवसरमा कांग्रेस कपिलवस्तुले वाणगंगा नदिको रामघाटमा नेता खड्काको अस्तु लगेर विर्सजन गरेको छ । साथै जिल्ला पार्टी कार्यलर्य तौलिहवामा शोक सभा सम्पन्न गरेको छ ।

सो अवसरमा वोल्दै केन्द्रिय सदस्य तथा सासंद अतहर कमालले नेपाली राजनितिमा निडर र दुरगामी नेता गुमाउनु परेका बताए । खड्का नेत्तृत्वमा रहेका मन्त्रालयवाट विकास, तथा सामाजिक रुपन्तारण जस्ता पक्षमा धेरै उपलब्धी भएको हुंदा उनका कार्य सधै मार्गदशनको रुपमा रहने बताए ।

कार्यक्रममा वोल्ने अधिकांम्स नेताले युवालाई रोजगार, विकास , र शान्ति सुरक्षा र कार्यकर्ताको संरक्षण र दुरगामी योजना र सोच भएको चर्चा गरेका थिए । खड्का निधनले नेपाली कांग्रेसलाई क्षती पुगेको हुंदा उनका निति र सिदान्त अगाल्न सके मात्र खड्का प्रतिको सच्चा श्रदानजली हुने बताएका थिए ।

त्यस्तै कार्यक्रममा पुर्व मन्त्री कमलेश शर्मा,पुर्व सांसद विष्णु राज आर्चाय, प्रदेश सभा सदस्य रिना नेपाल, पुर्व पार्टी सभापति सुधाकर पाण्डेय, पार्टी सचिव प्रेम बहादुर रायमाझी यशोधरा गाउंपालिकाका प्रमुख गिरिजेश कुमार पाण्डेय, कपिलवस्त नगरपालिकाका उप प्रमुख लक्ष्मी गुप्ता, जिल्ला समन्यव समितिका सदस्य अनुप कुमार पाण्डेय कागे्रस नेता ललित गुरुग, चर्तुभुज त्रिपाठी, रवि काफ्ले, हरिराज घिमिरे, हुमकान्त खनाल, हरि पोख्रेल, अजय थापा , राजेश ज्ञवाली, जगदिश पाण्डेय, महिला संघ सभापति मिना केसी लगायतले खड्का नेपाली राजनितीमा पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए । पार्टी सभापति सुरेन्द्रराज आर्चायको सभापतित्व र सचिव महेन्द्र कुमार पाठकको संचालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार  ८ : ४९ बजे