पोर्न स्टार सनी लियोनीको विवाहको तस्बिर सामाजिक सञ्जालमा भाइरल



उनको यो तस्बिर पोष्ट गरेको केही समय मै भाइरल भएको छ । तस्बिरमा सनी पञ्जावी बेहुलीको रुपमा निकै सुन्दर देखिएकी छिन् । सनि लियोनी र डेनियलको यो पहिलो तस्बिर हो । अहिलेसम्म उनको बिवाहको कुनै पनि तस्बिर सार्वजनिक भएको थिएन । सामाजिक सञ्जालमा भाइरल भइरहेको उनको यो तस्बिर फ्यानहरुले निकै मन पराएका छन् ।  केही दिन पहिले सनीले आफ्ना जुम्ल्याहा बच्चाको तस्बिर पोष्ट गरेर सरप्राइज दिएकी थिइन् । सनीले एक धर्मछोरी पनि पालेकीछिन् । उनको नाम निशा हो । सनीका तीन सन्तान छन् । उनका जम्ल्याहा बच्चा सेरोगेसीको सहयोगमा जन्माएकी हुन् । नेपाल समाचारपत्रले खबर छापेको छ ।

पछिल्लो समय सनीले पतिसँगका तस्बिर पोष्ट गरिरहेकी छिन् ।सनी पछिल्लो पटक तेरा इंतजार फिल्ममा अरबाज खानसँग देखिएकी छिन् ।

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार  ८ : ५७ बजे