मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाईघाट बजारमा बम विस्फोट एक बालक घाइते



उदयपुर । जिल्लाको गाईघाट बजारको हवाई फिल्डमा बम विस्फोट हुँदा एक बालक घाइते भएका छन् ।

बुधबार त्रियुगा नगरपालिका–१३ को हवाई फिल्डमा भएको बम विस्फोटबाट १४ वर्षीय पारस राई घाइते भएका हुन् ।

हवाई फिल्ड नजिक बेवारिसे शंकास्पद झोला खेलाउने क्रममा रहेको बम विस्फोट हुँदा बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

घाइते बालकको पेटमा गहिरो चोट लागेको छ । उनको जिल्ला अस्पताल गाईघाटमा उपचार हुँदैछ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार  २ : ०७ बजे