आतंककारी गतिविधीअहिलेको प्रमुख सुरक्षा चुनौती– प्रधानमन्त्री ओली



काठमाडौं चैत, २९–
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधी भएको बताएका छन् ।
नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक÷हुद्या क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रमलाई आज श्री नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले आतंककारी गतिविधीले शान्ती सुरक्षा,अर्थतन्त्र र सामाजिक एकतामा प्रत्यक्ष आघात पार्ने बताए । “देशभित्र हिंसात्मक गतिविधीमा क्रियाशिल अतिवादी तत्वहरु,अन्तर्राष्ट्रिय आतंककारी गतिविधीको चुनौतीहरु साथै क्षेत्रीय र जातीय विद्वेषमा आधारित द्वन्द्वहरु अहिलेका वास्तविक खतरा हुन्” प्रधानमन्त्री ओलीले भने, “यस प्रकारका खतरा विरुद्ध हाम्रा सुरक्षा निकाय सदैव तयार हुनु पर्दछ । ”
प्रधानमन्त्री ओलीले २१ औं शताब्दीको अर्को महत्वपूर्ण चुनौती साइबर सुरक्षा भएको बताए । “यो प्रत्यक्ष हमलाभन्दा पनि कारगार हुन्छ ” प्रधानमन्त्री ओलीले भने, “राष्ट्रिय सुरक्षाका विविध आयामका बारेमा जानकार रही साइबर सुरक्षाको विश्वसनीय योजना सहित सुरक्षानिकायहरु बिच असरदार समन्वय बनाउनु जरुरी छ ।”

प्रधानमन्त्री ओलीले लामो अस्थिरता पछि देश स्थायित्वतर्फ अग्रसर भएको बताए । प्रधानमन्त्री ओलीले  स्थायित्वको जगमा नेपालको  विकास वर्तमान सरकारको लक्ष्य रहेको बताए । “हामी अहिले तुलनात्मक रुपमा स्थिर र शान्तीपूर्ण अवस्थामा छौं” प्रधानमन्त्री ओलीले भने “तर हामी सधैं भविष्यमा उत्पन्न हुनसक्ने खतराका बारेमा सतर्क रहनु जरुरी छ ।”

प्रधानमन्त्री ओलीले नेपाली सेनाले राष्ट्र निर्माणका लागि नेपाली जनतासँग काँधमाकाँध मिलाउदै आएकोमा प्रशंशा समेत गरे । नेपाली सैनिकहरुले विश्वका द्वन्द्वग्रस्त मुलुकहरुमा पु¥याएको योगदानलाई नेपाललाई शान्ति सैनिकहरुको देशको रुपमा चिनाएको प्रधानमन्त्री ओलीको भनाई छ  ।  प्रधानमन्त्री ओलीले भने “  नेपाली सेना विविध राष्ट्रिय तथाअन्तर्राष्ट्रिय जिम्मेवारीहरु पुरा गर्न सक्षम बहुआयामिक संगठनको रुपमा विकशित भएको छ ।”

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहिबार  १० : १५ बजे