मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भाइरल बनिरहेको फेसबुक  बन्द गर्ने भन्ने समाचार का बारेमा सञ्चार मन्त्रालयले मुख खोल्यो



काठमाडौं चैत, ३०–
सञ्चार मन्त्रालयले पछिल्लो समय भाइरल बनिरहेको नयाँ बर्ष २०७५ सालदेखि फेसबुक  बन्द गर्ने भन्ने अफवाह मात्रै भएको जनाएको छ । पछिल्लो समय मन्त्रालयको लेटरप्याडमा फोटोसपबाट बनाएर फेसबुक बन्द गर्ने अफवाह फैलाइएको छ । शुक्रबार मन्त्रालयले  विज्ञप्ति नै जारी गरेर यसबारे ध्यानाकर्षण भएको जनाएको छ र फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने हल्लाको खण्डन गरेको छ । साथै मन्त्रालयले गलत सूचना फैलाउनेलाई कारबाही गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई जानकारी गराएको समेत उल्लेख गरेको छ । नेपालमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय  फेसबुकमा फैलिएको गलत सूचनाले हैरान छ । सामाजिक सञ्जाल फेसबुकमा आउने फेक न्यूज धेरैका लागि टाउको दुखाइको विषय बनेको छ । फेक न्यूजदेखि डाटाको दुरुपयोगलाई लिएर फेसबुकका संस्थापक मार्क जुकरबर्गले माफी माग्दै हिड्नुपरेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७५, शनिबार  ४ : ५५ बजे