मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असार अन्तिममा विराङ्गना रिलिज हुने, शिल्पा र अनुपको दमदार अभिनय



नायिका शिल्पा पोखरेल र नायक अनुप विक्रम शाहीको प्रमुख भूमिका रहेको चलचित्र ‘विराङ्गना’ को रिलिज डेट फाइनल भएको छ । निर्माण यूनिटले जनाए अनुसार यो चलचित्र आगामी असार २९ गते प्रदर्शनमा आउनेछ ।

चलचित्रलाइ राज बहादुर सानेले निर्देसन गरेका हुन  । प्रहरी अफिसरको कथामा चलचित्र केन्द्रित छ । एक्सन प्रधान चलचित्रमा नारीवादलाई प्राथमिकता दिइएको छ । फोर्थ आई मुभिजको व्यानरमा निर्माण भएको यस चलचित्रमा शिल्पा र अनुपको अलवा पृथ्वीराज प्रसाई, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजला, धु्रव कोइराला लगायतको अभिनय रहेको छ ।फिल्मका निर्माता बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार र विमला भट्ट हुनु । चलचित्र राम्रो बनेको निर्देसक राज बहादुर सानेले  बताए ।

प्रकाशित मिति : २ बैशाख २०७५, आइतबार  ८ : ३८ बजे