मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

के भयो ?एमाले अध्यक्ष केपी ओली र माओवादीअध्यक्ष प्रचण्डबीचको ‘वान टु वान’ बार्तामा



काठमाडौं वैशाख, ३–
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको  ‘वान टु वान’ बार्ता सकिएको छ  । एकता प्रक्रियामा देखिएको असमझदारी हटाउन भन्दै सोमवार  प्रधानमन्त्री  ओली र माओवादी केन्द्रका अध्यक्ष  ‘प्रचण्ड’ बीच बालुवाटारमा ‘वान टु वान’ बार्ता भएको हो ।

२ घण्टा लामो  दुई नेताको  छलफलपछि मंगलबार बिहान पार्टी एकता समितिको बैठक बोलाउने सहमति भएको छ । दुईजना नेताहरुबीच एकतामा देखिएका विवादबारे छलफल भएको तर, कुनै पनि बिषयमा सहमति हुन नसकेको स्रोतले बताएको छ ।

बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार बिष्णु सापाकोटाले भोलि विहान ९ नौ बजे बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा विवादित विषयमा छलफल गर्ने दुबै नेता सहमत भएको बताए ।

अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच यसअघि सहमति हुन नसकेका विषय एकीकृत पार्टीमा कुन पार्टीका कति सदस्य रहने, निर्वाचन चिन्ह के बनाउने र विधानको प्रस्तावनामा जनयुद्ध शव्द राख्ने कि नराख्ने भन्नेमा छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

यसअघि यी विषयमा कार्यदलस्तरमा सहमति नजुट्दा शीर्ष नेतालाई सहमति गर्ने जिम्मेवारी दिइएको थियो । तर, विवादित विषयमा ओली र प्रचण्डबीच छलफल नै हुन सकेको थिएन । जसले गर्दा एकतामा अन्यौल थपिदै आएको थियो । यहि अन्यौल चिर्न दुई नेताबीच सोमबार वान टु वान वार्ता भएको हो ।

नेतहरुबीच एकीकृत पार्टीको केन्द्रीय समिति २९९ सदस्यीय बनाउनेमा सहमति भएपनि कुन पार्टीबाट कति जना रहने भन्ने मिलाउन कठिन छ । माओवादीमा झण्डै ४५ सय केन्द्रीय नेता छन् । ‘पार्टी एकताबारे कार्यदलस्तरमा सहमति भएका र नभएका विषयमा समेत शीर्ष तहमा झण्डै दुई सातायता छलफल हुन सकेको थिएन ।

दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा सोमबारको वान टु वानपछि मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने र त्यहि बैठकमा सहमतिको प्रयास हुने समेत बताईएको छ ।
यसअघि आइतबार अध्यक्ष प्रचण्ड सुकुटे गएपछि प्रधानमन्त्री ओली र माअ‍ेवादी नेता नारायकाजी श्रेष्ठबीच बालुवाटारमा पार्टी एकतामा देखिएका विवादबारे छलफल भएको थियो ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर आगामी ९ गते पार्टी एकता गर्ने घोषणा गरेका छन् । दुवै दलले अधिकांश बिषयमा सहमति बनिसकेको दाबी गरेपनि नेताहरुको व्यवस्थापन र निर्वाचन चिन्ह र जनयुद्ध शव्दमा कुरा नमिल्दा पछिल्लो समय एकता समितिको बैठक नै बस्न सकेको थिएन ।

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार  ८ : २४ बजे