मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मातातीर्थ औंसीको दिन पारेर सार्वजनिक गरे गायक,संगितकार लेखु सहयात्रीले आमा सम्बन्धि नयाँ गित



काठमाडौ वैैशाख, ३–
आमा भन्दै रोए कराए, छटपटिए घरीघरी
निभ्यो ममताको दियो, कहिल्यै नबल्ने गरी,
संसारमा सबै भन्दा ठुुलो कुरा केही छ भने त्यो आमा । यिनै आमाहरुमा सर्मपित गीत हो, माथिका हरफहरु । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा सर्घषरत गायक, संगितकार एवं रचनाकार लेखु सहयात्रीले मातातीर्थ औंसी अर्थात आमाको मुुख हेर्ने दिनको अवसर पारेर आफ्नो आधिकारिक युुट्युव च्यानल लेखुु सहयात्री मार्फत यो गीत सार्वजनिक गरेका हुुन ।
सहयात्री कै शब्दमा भन्नुुपर्दा आमा बितेपछि काममा बसे कै बेला यो गीत रचना गरिएको हो । गीत मार्फत मनभित्रको पिडा, आमाप्रतिको सन्तानको माया र आमा गुुमाउँदाको पीडा व्यक्त गरिएको छ । त्यहीकारण पनि यो  गीत सम्पुुर्णरुपमा आमाप्रति सर्मपित रहेको छ, उनी भन्छन् । यो गीतमा शब्द र स्वर लेखु सहयात्री, संगीत राजन खतिवडा, संगीत संयोजन फडिन्द्र राई, मिक्सिङ श्यामस्वेत रसाईली, भिडियो निर्देशन अर्जुुन अधिकारी, अभिनय भारतको चर्चित रियालिटी शो, डान्स ईण्डिया डान्सका टप फाइभका प्रतिस्पर्धी सुुशान्त खत्री र क्यामरा पर्सन उत्सव दाहाल रहेकाछन । गितमा व्यक्त भएको भावमा खत्रीले नृत्य मार्फत जीवन्त अभिनय गरेका छन् ।
त्यसो त सहयात्रीको यो नै पहिलो गीत भने होईन । ओखलढुंगा सिस्नेरी वडा नम्वर ०९ स्थायी घर भई हाल ललितपुरको कुपण्डोल बस्दै आएका सहयात्रीको वास्तविक नाम भने लेखराज तिम्सिना रहेको छ । सांगीतिक क्षेत्रमा भने लेखुु सहयात्रीको नाउँबाट चर्चित सहयात्रीले हालसम्म झण्डै पाँच सयको हाराहारीमा गीत रचना गरिसकेका छन् । त्यसमध्ये झण्डै एक सय ५० वटा जति गीत रेर्डडिङ भईसकेका छन् । सोे मध्येमा पनि नेपाली चलचित्र किस्मत—२ मा रहेको दिपक शर्माको संगीत, कृष्ण काफले र सहिमा श्रेष्ठको स्वर, सुुमन केसीको संगीत संयोजन र लेखुु सहयात्रीको शव्द रहेको तिम्रो पिक्र्चस हिट बोलको गीत निकै चर्चित रह्यो । यसैगरी हवाल्दर सुुन्तली नामक फिल्मको गीत चि मुुुसी चि पनि चर्चाको शिखरमा रहेको छ ।  पछिल्लो समय तिमी संग नामक चलचित्रको टाईटल संग तिमीसँग बोलको गीत पनि निकै नै चर्चामा रहेको छ ।
नेपाली सुुगम संगीतमा लागेको चार बर्ष पुरा भएर पाँच बर्षमा लागेको बताउने लेखुुको सांगीतिक गुुरु चण्डि प्रसाद काफ्ले हुुन । सानदेखि गायक बन्छुु भन्ने लक्ष्य लिएर अगाडि बढेका छन् । परिवार, आफन्त र साथीभाईहरुको साथ, सहयोग, हौसला र आफ्नो मेहनतले नै आजको अवस्थासम्म आईपुुगेको बताउने सहयात्री सबै गायक गायिकाहरु उत्तिकै मन पराउँछन् । आफुु सबै प्रकारको गीत सुन्ने हुुदा सबै नै नै गायक गायिकाहरु मन पर्छ, उनी भन्छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार  ८ : १८ बजे