मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले–माओवादी बीचको  पार्टी एकता वैशाख ९ मा नहुने निश्चित



काठमाडौं वैशाख, ४–
एमाले–माओवादी बीचको  पार्टी एकता वैशाख ९ मा नहुने लगभग निश्चित जस्तै भएको छ । मंगलबार बालुवाटारमा बसेको एकता  संयोजन समितिको बैठकमा कुरा नमिलेसँगै वैशाख ९ गतेको एकता मिति लगभग टर्ने पक्का भएको हो । यस अघि बैशाख ९ मा पार्टि एकता हुने कुरा नेता हरुले पटटक पठक दोहोर्याउदै आएका थिए ।

आज बसेको  बैठकमा पार्टी एकता गर्न कार्यदलमा सहमति नजुटेका तीनवटा विषयमा छलफल भएपनि सहमति नजुटेको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनले विवादित विषयमा सहमति नभएपछि बैशाख नौ गते हुने भनिएको पार्टी एकता घोषणा टरेको बताए । उनले अब विवादित विषय टुंगो लगाउने जिम्मा दुई पार्टीका अध्यक्षलाई दिइएको जानकारी समेत गराए ।

उनले भने, ‘दुबै प्रतिवेदनलाई अन्तिम रुप दिन र परिमार्जन गर्ने जिम्मा दुई अध्यक्षलाई दिइएको छ । अब  दुई अध्यक्षको वान टु वान बैठकबाट ती विषयलाई टुंगो लगाइने भइको छ ।’  

एमाले महासचिव इश्वर पोखरेलले  एकताका विषयमा खासै विवाद नदेखिएको दाबी गर्दै पार्टीमा  कसको कति प्रतिनिधित्व रहने भन्दा पनि सक्षम  नेतृत्व र सक्षम पार्टी बनाइने बताए ।
उनले चुनाव चिन्हको विषयमा खासै विवाद नभएको दाबी गर्दै विधानमा जनयुद्ध शब्द राख्ने नराख्ने विषयमा छलफल गर्न सकिने बताए ।

बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागि थिए।

एमाले–माओवादीमा निर्वाचन चिन्ह, जनयुद्ध र  एकातामा सदस्य संख्या कति हुने भन्नेमा विवाद छ । यी विषयमा समितिमा सहमति नहुँदा एकतामा ढिलाई हुँदै आएको हो ।

नेताहरुले जनयुद्ध र निर्वाचन चिन्हमा सहमति जुटाउन कठिन नभएको बताएपनि सदस्य संखयाको अनुपातमा दुवै पक्षले आ–आफ्नो अडान नछोड्दा सहमतिमा ढिलाई भइरहेको बताएका छन् । एमालेले ७०–३० को अनुपातमा संगठन बनाउनुपर्ने भनेको छ भने माओवादीले ५०–५० को अनुपात चाहेको छ

प्रकाशित मिति : ४ बैशाख २०७५, मंगलबार  ९ : ०१ बजे