मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेतालाई पदको चाँसो, जनतालाई विकासको खाँचो



– शान्ती बस्नेत

काठमाडौ । नेपाल एक विभिन्न जातजातिको बसोवास गर्ने एशिया मुलुकको शान्तिको देश भनेर चिनिने गरेको छ । हाम्रो देशमा धेरै नै जातजाति, धर्म, लिङ्ग, भेषभूसा, भाषा, संस्कृति यस्तै विविध किसिमले सजिसजाउ गरी एक अर्काको अस्थित्व जोगाएर बसोवास गरी एउटा सुन्दर फूलवारीको देश नेपाल हो ।  हाम्रो देश नेपाल एक जमानामा ईतिहासमा वीर गोरखाली नामबाट पनि चिर परिचित उपनाम रच्च सफल भएको हामी सबैलाई अवगतै भइको वास्तविकता हो, तर आजको दिनसम्म यो हाम्रा लागि सुनौलो अवसरको रुपमा हाम्रा आदरणीय नेता ज्यूहरुले लिनु भएको छ, यसको खासै अस्थित्व जोगाउने काम गर्नु भएको छैन यो हाम्रो लागि वीर गोरखालीको ‍औकातमा दाग लगाउने काम बाहेक उहाँहरुलाई केहि पनि काम अग्रसर भएर काम गर्न सक्नु भएको छैन्।वास्तवमा हामी यस्ता देशमा जन्म लिएका छौ कि यहाँ व्यक्तिगत स्वार्थमा लिप्त भएका मानिसलाई नेता वनाएर आज हामी त्यसैमा चुर्लुम्म डुवुल्कि खेल्दै आफ्नो दैनिकि गुजारा बडो कठिन मोडमा गुजार्दै आएका छौ ।

यसरी हामी हरेक दिन विभिन्न किसिमका अनावश्यक कुराहरुमा बढी प्रभावित पार्ने खालका बडो नेताका भाषामा मीठासपूर्ण तर सर्वसाधरण जनताका भाषामा झुटको खेति फैलाउने साथै आफ्ना पक्षमा जनतालाई बनाउनका लागि आज आएर त्यस्ता वाचा कसमहरु एकाएक चकनाचुर हुँदै गएका हामी प्रत्यक्ष अप्रत्यक्ष रुपमा नियाली रहेका छौ र त्यसका असरले हामीलाई सधैं भरी हाम्रा मनहरु जलि रहेका छन् ।यसरी सधै जनतालाइ नेताहरुले आफ्नो पक्षमा विभिन्न आश्वष्ण बाडेर अघि बढे हाम्रो देश अर्थात वीर गोरखाली भनेर कहलिएको नामको निसाना कहाँ खोज्न जानु भन्ने हामी सम्पूर्ण सर्वसाधरणको अहिलेको चासोको विषय बन्न पुगेको छ ।यसरी हाम्रा महान भनेर संवोधन गरीने नेता ज्यूहरु सधैं आपशमा पदको निंहूमा सधै विभिन्न बाहना बनाएर विकासको नाममा हाम्रो देशलाई कति दिनसम्म विनाशकारी भूमिका निर्वाह गरिरहनु हुन्छ यो हामी सबै जनताको प्रश्न अर्थात आवाज बनि रहेको छ ।

जुन पहिलाका विभिन्न राजनीतिक, सामाजिक जस्ता विभिन्न समानताका नाराहरुका निम्ति आफ्नो ज्यानको बाजि राखेर विभिन्न कालखण्डमा आफ्नो ज्यानको बलि चढाउँनु भएका हाम्रा महान योद्धाहरुको सपना पदको निम्ति पक्कै पनि थिएन, तर आज आएर यहाँ त्यस्ता महान सोच भएका वीर सहिदहरुको साथै गोरखालीहरुको सपनाहरुलाई केहि नेताहरुले आफ्नो गरि खाने भाँडोको रुपमा लिनु भएको छ यो पक्कै पनि कुनै न कुनै दिन पुनस्सहिदहरुको आँसुले श्राप दिने छ त्यसैले यहाँ अहिले महान नेता ज्यूहरुले सोच्ने दिन आएको छ यहाँ पदको निम्ति भाँडभैलो गर्ने समय हैन् सहिदहरुको सपना अर्थात यस नेपाल आमाको धर्तिमा अब एक जुट भएर विकासका  दियो साथै विभिन्न किसिमका समानताका नाराहरुलाई साकार बनाउनका निम्ति एकै ठाँउमा उभिन जरुरी छ ।

अबका दिनमा नेताहरुले सर्वसाधरणका पक्षमा काम गर्नु पर्ने आवश्यकता देखिएको छ।यसरी सधै नै अर्काको देशहरुसँग आश्रित हुनु पर्ने दिन हामी सामु कति समयसम्म रहने हो यो विषयमा पनि गम्भिर भएर सोच्नु हुनेछ भन्ने हामी विश्वासथ रहन सकेका छैनौं । यसरी आफू भित्रै कति दिनसम्म झगडा गरेर बस्ने हो यसरी त हामी जुन सपनाहरु थिए ति सबै सपनामा मात्रै रहने कुरामा निश्चित नै छ ।तर अबका दिनमा  हाम्रो समाजमा पनि विभिन्न किसिमका परिवर्तन भएको ति दुरदराजमा बस्ने अर्थात गरीविको खाँडलमा परेको सर्वसाधरण जनताले पनि थाहा पाउँने किसिमको हुन जरुरी छ ।विकास भएको छ भन्नु हुन्छ, नेता ज्यूहरुले तर त्यो उहाँहरुलाई थाहा नै छैन किन कि उहाँहरुले आफ्नो धरातल विर्सिएर आज हामी सवै जनताको यो दुर्भाग्य भएको छ ।

उहाँहरु चिल्लो बाटो, सुविधा पूर्ण गाडिको मज्जामा रमाउनु भएको छ ,कहाँ थाहा छ र त्यो एक छाक खाना नपाएर, एउटा उस्को छाला छोप्ने कपडा नपाएर, ओखतिको नाममा एउटा सिटामोल नपाएर ओछ्यानमा छट्पटाइ रहेको यस्ता अनगन्ति कुराहरु छन् , वास्तवमा यस्ता कुराहरुले नेता ज्यूहरुका निम्ति एकादेशको कथा हुन्छ, तर ति जीवन ज्यूनेका निम्ति कहिले काल आउँछ भनि एक मुढी सास वचाउनका लागि ब्यथा हुन्छ ।यस्तै धेरै नै विचलित मनहरुका लागि अबका दिनहरुमा नेता ज्यूहरु मलम बनि दिए अति नै यो जीवन्त सहिदका सपना पुरा हुने थिए ।

हाम्रो समाजमा आजका दिनहरुमा पनि विभिन्न किसिमका हिंसाहरु गरेर पनि यो समाजमा तिरस्कृत गर्नु पर्ने त्यस्ता व्याक्तिहरुलाई अदृष्य रुपमा पुरस्कृत गरि रहेका छन यो हाम्रो समाजमा यस्ता किसिमका घटनाहरु त्यसैले दिनानुदिन बढि रहेका छन  यस्तो क्रियाकलाप गर्नेलाई द्धण्डको व्यवस्था कटा हुनु पर्दछ ।जसरी पहिला यस्ता क्रियाकलापहरुलाई समाजबाट नै निर्मूल बनाउने बाँचा गरेर समाज रुपान्तरणको जिम्मा लिने विश्वास बाँडनु भएको थियो तर आज आएर यो सबै भ्रम छरेको आवास गरी रहेका छौ ।यसरी नै विभिन्न किसिमका विकास र समानताका नारा टोल टोलमा गुञ्जयमान बनाएर मात्रै यहाँ समाज परिवर्तन हुँदैन अव नेपाली जनतालाई विभिन्न भाषणको खाँचो रहेको छैन् यहाँ विकासको खाँचो रहेको छ ।

त्यसैले सम्पूर्ण नेपाल सन्तानका हामी सन्तति हौ, र अब हामी सवैले हाम्रो देशको मुहार फेर्नका लागि कुलै पनि कसरत गर्न बाँकी राखेका छैनौं र अबका दिनमा हाम्रा जुकसुकै पार्टीका अग्रज अर्थात पद ओगटेर बस्नु भएका ति देशको मुहार फेर्ने भनेर जुन सरकारमा हुनुहुन्छ, र ति मात्रै नभएर सम्पूर्ण यो देशको भविष्यलाई उज्यालो दिन बस्नु भएका पद र प्रतिष्ठामा बस्नु भएका महानुभावहरुले अबका दिनमा परिवर्तनमूखि समाज निर्माणमा अगाडि बढ्न र कुनै पनि पदको लोभमा मात्र लिप्त हुने हैन परिबर्तनको नारालाई साकार बनाउनका निम्ति लागियो भने यो देशको उज्वल भविष्य हुन्छ र रहन्छ भन्ने विश्वास लिन सकिन्छ । त्यसैले अब जनताको पक्षमा काम गर्ने समय आएको छ, र अब जनतालाई विकासको खाँचो रहेबको छ ।अनि मात्र समुन्नत समाजको परिकल्पना गर्न सकिन्छ ।

प्रकाशित मिति : १९ बैशाख २०७५, बुधबार  ८ : ५० बजे