क्यान्सरबाट पीडित भएका वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटा लाइ सरकारले सहयोग गर्ने



डा देवकोटा उपचाररत बाँसबारीस्थित न्यूरो अस्पताल पुगेर आज राज्यमन्त्री अर्यालले जानकारी लिनुभएको हो ।

राज्यमन्त्री अर्यालले डा देवकोटाको उपचारमा सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको थियो ।

यसअघि डा देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईलगायतले जानकारी लिनुभएको थियो ।

बेलायतको एक अस्पतालमा उपचारका लागि पुग्नुभएका डा देवकोटा केही दिन अघि मात्रै स्वदेश फर्कनुभएको हो

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार  १० : ०० बजे